भिमदत्त ९ मा जैविक मार्गमा मापदण्ड विपरित काम गरेको भन्दै स्थानीय आक्रोशित

महेन्द्रनगर । भिमदत्त नगरपालिकाको वडा नम्बर ९ मा निर्माणाधिन जैविक मार्ग मापदण्ड विपरित निर्माण भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । वडा नम्बर ९ अन्तर्गत रहेको राम टोल र बैजनाथ टोल मा निर्माणाधिन अवस्थामा रहेको जैविका मार्ग भिमदत्त हुदैँ बेदकोट लगायत माथिल्लो चुरे क्षेत्रसंग जोडिने र्जैविक मार्गमा निर्माण कम्पनीले सडक विस्तार गर्ने क्रममा आफु खुशी आफने हिशावले जहाँ पायो एकलौटी तवरले सडक खन्ने काम गरेकाले उक्त कामको अनुगमन गर्न भन्दै मंगदलवार वडा कार्यालयमा ध्यानाकर्षण पत्र स्थानियले बुझाएका छन् ।

निर्माण कम्पनीले वनमा रहेका झाडीहरुलाई नकाटीकन सडक बनाएको र आम जनताको जमिन तर्फ बढी च्यापेर सडक निर्माण गरेको प्रती जग्गाधनी स्थानियले आपत्ती जनाउँदै वडा अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको स्थानिय निवेदक भानी नाथले जानकारी दिएका छन् । निर्माण कम्पनी मालिका कन्सट्रक्सनले उचित ढल निकासको पनि व्यवस्था नगरी सडक विस्तारको कार्य पनि मापदण्ड विपरित गरेको पाईएकाले वडा अध्यक्ष गगन सिह कार्की लाई ध्यानाकर्षण पत्र बुझाएको उनले बताए ।

उक्त कार्य तत्काल नसुध्रिएको पाईए कार्य अवरुद्ध गर्ने चेतावनी समेत ध्यानाकर्षण पत्र मा उल्लेख गरिएको छ । पत्र मा ढल व्यवस्थापन उचित नभएको,मापदण्ड विपरित र सामुदायिक वन क्षेत्र भन्दा पनि उपभोग गरिरहेको जमिनमा बढि च्यापेको बारे आपत्ति जनाएका छन् । यता वडा अध्यक्ष गगन कार्कीले आफुले उक्त समस्याको विषयमा भीमदत्त नगरपालिकामा पनि जानकारी दिईसकेको र नगरपालिकाका ईन्जिनियर हेमराज जोशीले आफु र अमिन फिल्डमा आएर नाप गर्ने र यथार्थ कुरा पत्ता लगाउने बताएका छन् । साथै यो विषयमा निर्माण कम्पनीसँग पनि सम्पर्क गरी यो समस्याको समाधानको लागि पहल गर्ने बताए ।

सम्बन्धित

Comments are closed.