पत्रकार महासंघ कञ्चनपुरको २० औं साधारण सभा भव्यताका साथ सम्पन्न

महेन्द्रनगर । पत्रकार महासंघ कञ्चनपुर शाखाको २० औं साधारण सभा भव्यताको साथमा सम्पन्न भएको छ । मंगलवार महेन्द्रनगरको कलश होटलमा आयोजना गरिएको साधारण सभामा सभाअध्यक्ष नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष माधव धामी रहनु भएको थियो भने, प्रमुख अतिथीमा सुदूरपश्चिम विस्व विधालयका उपकुलपती अम्मरराज जोशी,बिशिष्ट अतिथीमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल, अतिथीहरुमा प्रमुख जिल्ला अधिकारी ,गोपालप्रशाद अर्याल, सशस्त्र प्रहरी जिल्ला प्रमुख अम्वर ऐर, नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष तथा कान्तिपुर दैनिक पत्रिका सुदूरपश्चिम प्रमुख चित्राङ थापा, नेपाल पत्रकार महासंघ कञ्ंचनपुर शाखाका निवर्तमान अध्यक्ष विष्णु अवश्थी, खेम भण्डारी, लक्ष्मण तिवारी लगायतका पत्रकारहरुको उपश्थिती रहेको थियो ।

नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष तथा कान्तिपुर दैनिक पत्रिका सुदूरपश्चिम प्रमुख चित्राङ थापाले पछिल्लो समयमा सक्रिय क्रिmयाशिल खटिरहनु भएका काम गरिरहनु भएका नयाँ पत्रकार साथीहरुलाई पनि सदस्यता दिने व्यवस्था तथा अवसर दिई साथै केही ठोस निर्णय गरेर पत्रकार साथीहरुको पक्षमा रहेर उनिहरुको दक्षता समस्याहरुको अवस्था बुझी त्यसको समाधान गर्नको लागि निर्णय गरिने छ मा आफु विस्वस्त रहेको बताए । सुरु भएको छ । देशमा विधिको शासन स्थापित गर्न पत्रकार महासंघ हरघडी सचेत रहेको र पत्रकारिताको गरिमा कायम गर्न कुनै पनि पत्रकार मिडिया हाउसबाट श्रमको पारिश्रमिक नपाएको खण्डमा महासंघ सदैव समस्या समाधान गर्न तत्पर रहेको बताउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।

प्रमुख नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलले कञ्चनपुर जिल्ला सुदूरपश्चिमको अन्तिम साधारण सभा रहेको बताए । अन्य सबै जिल्ला मा सम्पन्न भईसकेको अवस्थामा अन्य जिल्लामा पनि सदस्यता शुद्धिकरणको विषय उठान भएको बताए । कञ्चनपुर पत्रकार महासंघमा सबै भन्दा बढी सदस्यता रहेको जिल्ला भएपनि आजको यो कार्यक्रममा कम सदस्यहरुको सहभागिता हुनू भनेको सबै साथीहरु सक्रीय भएर काममा नलागेको देखिएको बताए । अहिले सदस्यता शुद्धिकरणको विषयले सबै जिल्लाले पहिलो प्राथमिकतामा राखेर सभा सम्पनन भएका छन् ।

साथै यो जिल्लाले पनि सदस्यता शुद्धिकरणमा पछि नहटेर काम गर्ने छ प्रदेशले गरिरहेको सदस्यता शुद्धिकरण अभियानमा साथ दिनेछ भन्नेमा आफु विस्ववस्त रहेको बताए । हरेक वर्ष सदस्यता हरेक वर्ष अपडेट हुनुपर्ने हुन्छ, साथै यदी पत्रकारहरु सक्रिय भुमिकामा छैन भने, महासंघको सदस्य भईरहनु पर्छ भन्ने छैन, यही विषयलाई मध्ये नजर गर्दै, पत्रकार महासंघलाई चुस्तदुरुस्त,व्यवस्थित बनाउन पनि शुद्धिकरण गर्न आवस्यक रहेको बताए ।

यस्तै आफनो भनाई राख्दै कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम विस्व विधालयका उपकुलपती अम्मरराज जोशीले समाजलाई सुमार्गतर्फ डोराउने महत्वपूर्ण क्षेत्र पत्रकारिता भएकाले हरेक तह, हरेक समुदायको चित्रण गर्ने भएकाले आम जगतलाई सुचनाको प्रवाह मार्फत सबैलाइै सुसज्जित गर्ने अति नै संवेदनशिल यो पेशा भएकाले यसको सदैव मर्यादालाई कायम राख्दै काम गर्न आग्रह गरे, साथै सुचनाको भरमा मात्रै नपरेर अनुसन्धनात्मक खोज मुलक, व्यापकरुपमा जनचेतना जगाउने, खालको पत्रकारिता मार्फत व्यापक ज्ञानको ढोका खोलेर जानकारी प्रदान गर्ने मार्ग तर्फ सबै जानु हुनेछ भन्नेमा आफुले आशा लिएको बताए । साथै पत्रकारहरले चलाएको कलमले समाजमा सकारात्मक रुपान्तरण गर्ने छ भन्ने कुरा मा पनि आफुले विस्वास लिएको बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.