कैलालीको हरैयामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप

महेन्द्रनगर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ हरैयामा बुधवार बिहान टिप्परको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु पछि स्थानियहरुले गरेको बन्दलाई हटाउन गएको प्रहरीसँग स्थानियले झडप गरेका छन् । टिप्परको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीय बासिन्दाले अबरुद्ध पारेको पूर्व पश्चिम राजमार्गमा यातायात सुचारु गर्न परिचालन भएको प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको हो ।

स्थानीय बासिन्दाले अबरोध हटाउन गएका प्रहरीहरुमाथि ढुंगामुढा प्रहार गरेका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ हरैयामा आज बिहान टिप्परको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको थियो भने मृत बालककी आमा घाईते भएकी थिईन । बालकको पुरै शरीर टिप्परको ठक्करबाट बालकको शरीर धुलोधुलो भएको छ । प्रहरीले घट्नास्थलबाट बालकको शरीरको टुक्रा संकलन गरी लगेको बताईएको छ ।

टिप्परको ठक्करबाट घाईते भएकी मृतक बालककी आमाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । मृतकका आफन्तहरुले दोषी चालकमाथि कारबाही र मृतकका परिवारजनलाई क्षतिपूर्ति माग गर्दै बिहानै देखि पूर्व पश्चिम राजमार्गको हरैया सडक खण्ड अबरुद्ध गरेका थिए ।

सडकको अवरोध हटाउन प्रहरीले बल प्रयोग गर्न खोज्दा तनाव भएको छ ।सडक अबरुद्ध गरी प्रदर्शन गरिरहेका स्थानीय बासिन्दालाई हटाउन प्रहरीले बल प्रयोग गर्न खोज्दा तनाव भएको हो । प्रहरीले आन्दोलनकारीहरुलाई हटाउन एक दर्जन बढि राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो । सोही क्रममा स्थानीय बासिन्दाले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।

सम्बन्धित

Comments are closed.