बाजुराको त्रिवेणी–७ का वडाध्यक्ष निलम्बनमा

महेन्द्रनगर । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी निलम्बनमा परेका छन् । एमालेको विद्यार्थी संगठन अनेरास्वियूका नेता चेतन अयडीको हत्या प्रकरणमा प्रक्राउ परेका वडा अध्यक्ष अयडीलाई पुर्पक्षका लागि जिल्ला कारागार बाजुरा चलान गरेको छ ।

अयडी थुन चेक आदेशमार्फत कारागार गएपछि स्वतः निलम्बनमा परेको निर्वाचन आयोगका उपन्याधिवक्ता गुरु प्रसाद वाग्लेले बताएका छन् । जिल्ला अदालत बाजुरा श्रेष्तादार पुष्पराज पाण्डेले सफाइ तथा उनको घटनामा कुनै संलग्नता नरहेको पाइएमा पुन निलम्बन फुकुवा हुने बताए । मंगलबार जिल्ला अदालत बाजुराले थुन चेक आदेश मार्फत वडा अध्यक्ष सहित ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

सरकारी वकिलको कार्यलय बाजुराले २४ जना विरुद्ध जन्मकैद माग दाबीसहित जिल्ला अदालत बाजुरामा उजुरी दर्ता गरेको थियो । २४ जना मध्ये १० जना मात्र प्रक्राउ परेका छन् । एक जना उपचारमा रहेकोले प्रहरीले ९ जनालाइ मात्र जिल्ला अदालत पेश गरेको थियो । बाँकि १४ जना फरार रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.