अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा

महेन्द्रनगर । अख्तियार अनुसन्धान आयोग कंचनपुरका अनुसार आर्थिक बर्ष २०७९÷०८० मा अछाम जिल्लाका दश स्थानीय तहका ४० मुद्धा अख्तियार अनुसन्धान आयोगमा दर्तामा रहेका छन । अख्तियार अनुसन्धान आयोग कंचनपुरको आयोजनामा चौरपाटी गाउँपालिकामा भएको भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा आयोगका इञ्जिनियर पुष्पराज भट्टले तथ्याङ्क सार्वजनिक गरे ।

तथ्याङ्कमा २०७९ असार मसान्त अघिका ३२ र साउन देखि मंसिर सम्म ८ मुद्धा दर्ता भएको अख्तियार अनुसन्धान आयोग कंचनपुर जनाएको छ । तथ्याङ्क अनुसार सबैभन्दा बढी वान्नीगढी जयगढ गाउँपालिकाका ६ र सबैभन्दा कम ढकारी गाउँपालिकामा १ योजना उजुरी दर्ता रहेको आयोगले जनाएको छ । आयोगको तथ्याङ्क अनुसार मंगलसेन नगरपालिका, मेल्लेख गाउँपालिका, रामारोशन गाउँपालिका र तुर्माखाद गाउँपालिकाका नाममा ५÷५, पञ्चदेवल विनायक नगरपालिकामा ४ र साँफेबगर नगरपालिका, कमलवजार नगरपालिका र चौरपाटी गाउँपालिकाका ३÷३ योजनाको नाममा उजुरी दर्ता भएको आयोगका इञ्जिनियर भट्ट जानकारी दिए ।अछामका १० स्थानीय तहका ४० योजनाको मुद्धामा मध्ये हाल सम्म ४ वटा मुद्धा फर्छयौट भएकोमा अझै ३६ मुद्धा वाँकी रहेको आयोगको तथ्याङ्कमा उल्लेख रहेको छ ।

सम्बन्धित

Comments are closed.