महेन्द्रनगर । सुर्नया गाउँपालिका २ ग्वानी घर भई कृष्ण मावि पाटन र पाटन बहुमुखि क्याम्पसमा अध्यापन गराउँदै आएका शिक्षक बिष्टको हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । मृतक बिष्टको हत्या कृष्ण मावि पाटनको छात्रावासमा बस्दै आएकी पत्नी बिमला बोहरा र उनका श्रीमान प्रजा बोहराले हत्या स्विकार गरेकोे जिल्ला प्रहरी कार्यलयले बिहिवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
उनीहरुले आफुले हत्या गरेको भनेर स्विकार गरेका र थप अन्य प्रमाणहरु पनि प्रहरीले जुटाईरहेको जिल्ला प्रहर िकार्यालय बैतडीका प्रहरी नायब उपरिक्षक डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिएका छन् । सुर्नया गाउँपालिका –२ ग्वानी घर भई पाटनस्थित कृष्ण माविमा पढाउँदै आएका शिक्षक विष्ट बस्ने छात्रवासमै बस्ने एक युवती र उनका श्रीमान् पक्राउ परेका हुन् ।
कृष्ण माविमा कम्प्युटर डिप्लोमा अध्ययनरत पुर्चौडी नगरपालिकाकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू श्रीमान–श्रीमती हुन् । दुवै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । कृष्ण माविको छात्राबासमा बसेर अध्ययनरत युवती र उनका श्रीमानलाई सीआइबीको टोली आएपछि पक्राउ गरिएको थियो । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरुको हत्यामा संलग्नता रहेको प्रहरीले पुष्टि गरेको छ ।
शिक्षक बिष्ट सोही छात्राबासको माथिल्लो तलामा बस्दै आएका थिए । छात्राबासको तल्लो तलामा ती युवती आफ्ना भाइहरुसंगै बसेर पढ्दै आएकी खुलेको छ । घटना भएको दिन बिष्टले ती युवतीलाई बोलाएको र सोही बिषयमा विवाद हुँदा हत्या भएको खुलेको प्रहरीले जनाएको छ । शिक्षक बिष्ट पुस २ गते छात्राबासको पछाडि मृत अवस्थामा भेटिएका थिए ।
Comments are closed.