कैलालीमा २३ थान सालको गोलिया बरामद

महेन्द्रनगर । कैलालीमा सालको २३ थान गोलिया र ५ थान सालको चिरान बरामद गरिउको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १५ उर्मा गाउँ बाट २३ थान सालको गोलिया र ५ थान सालको चिरानको काठ बरामद गरिएको छ । सब डिभिजन वन कार्यालय फूलबारी र भारताल साझेदारी वन उपभोक्ता समूहको संयुक्त गस्ती टोलिले विशेष सुराकीको आधारमा उर्मा गाउँको दक्षिण टोलमा घरघरमा काठ लुकाइ छिपाइ राखेको अवस्थामा बरामद गरेको हो।टोलिले दक्षिण टोलका घरघरमा खोज तलास गर्दा घर आँगनको परालमा र बाटोको नालाहरुमा विभिन्न ब्यक्तिका घरहरूबाट २३ थान सालको गोलिया र ५ थान चिरान गरि लगभग ४२३ क्यूफिट साल काठ बरामद गरेको सब डिभिजन बन कार्यलय फुलबारीका प्रमुख लोक राज दाहालले जानकारी दिए ।सोहि गाउँका प्यारेलाल रानालाइ प्रकाउ गरिएको छ भने बाकीको खोजी कार्य भइरहेको उनले बताए ।काठ कहा बाट ल्याएको र अन्य ब्यक्तिहरुको खोजी गरि घटनाको अनुसन्धान गरिने छिटै कानुनी दायरामा ल्याइ बन ऐन अनुसार कारबाही गरिने उनले बताए ।

सम्बन्धित

Comments are closed.