महेन्द्रनगर । धेरै वर्षपछि अब सुदूरपश्चिमका बासिन्दाले फेरी लोडसेडिङको अनुभव गर्न पाउने भएका छन् । अत्तरिया ग्रिड शाखाले एक सूचना जारी गर्दै एक सातासम्म बिधुत अनियमित हुने जनाएको छ । शनिवारदेखि कैलालीको धनगढी र टिकापुर सहित सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा विद्युत् सेवा अनियमित हुने भएको छ । शनिबारदेखि ६ दिनसम्म विद्युत् सेवा अनियमित हुने अत्तरिया ग्रिड शाखाले सूचना मार्फत जानकारी दिएको छ ।
अत्तरिया ग्रिड शाखाअन्तर्गत स्याउले अत्तरिया १३२ केभी प्रसारण लाइनको मर्मत सम्भारको काम गर्नुपर्ने भएपछि आजदेखि विद्युत् सेवा अनियमित हुने भएको हो । नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिड शाखाले एक सूचना जारी गर्दै कैलालीको गोदावरी नगरपालिका ४ भ्यागुतेपानीमा रहेका टावर नं ३७७ को कन्डक्टर स्ट्रिनिङ र ३४६ को टावर भत्काउने, पुनः निर्माण र कन्डक्टर रिस्ट्रिनिङ तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले विभिन्न क्षेत्रमा विद्युत् अनियमित हुन लागेको नेपाल विद्युत् प्राधिकरण अतरिया ग्रिड शाखाले जनाएको छ ।
शनिबारदेखि यही पुस १५ गतेसम्म विद्युत् सप्लाई अनियमित हुन सक्ने जारी सूचनामा उल्लेख गरिएको छ ।
Comments are closed.