महेन्द्रनगर । विगत २ वर्ष देखी फरार रहेका ज्यान मार्ने उधोगका अभियुक्तलाई जिल्ला प्रहरी कर्यालय कञ्चनपुरले पक्राउ गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ दिपनगरका हरिश भट्टलाई प्रहरीको बिशेष टोलीले महेन्द्रनगर बजारबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहका अनुसार सो मुद्धाका फरार रहेका उनलाई प्रहरीको बिशेष टोलीले बिहीबार साढे ४ बजे भिमदत्त नगरपालिका वडा नं ४ स्थानिय बजारमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
जिल्ला अदालत कञ्चनपुरको २०७७ साउन १३ गतेको आदेश अनुसार मुतलबिमा रहेका भट्ट ज्यान मार्ने उद्दोग मुद्धाका फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका भट्टलाई कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराइएको थियो । प्रहरीका अनुसार अदालतले उनलाई ५० हजार धरौटीमा तारेख छुटेका थिए ।