दार्चुला तटबन्ध : नेपालीहरुले हानेको ढुंगाले ४ वटा सवारीसाधनका सिसा फुटे

महेन्द्रनगर । दार्चुलास्थित महाकाली नदीमा भारतीय पक्षले नदीको धार परिवर्तन हुने गरी फेरि तटबन्ध निर्माणको काम अगाडि बढाएको छ । भारतले महाकालीमा बलमिच्याइँ गर्दै नदीको धार परिवर्तन हुने गरी फेरि तटबन्ध निर्माणको काम अगाडि बढाएको हो ।

विरोधमा नेपाली नागरिकहरुले वारिबाट भारततर्फ ढुंगामुढा प्रहार गर्दा निर्माणमा संलग्न ४ वटा सवारीसाधनका सिसा फुटेका छन् । एकलौटी तरिकाले भारतीय पक्षले महाकाली नदीको धार नेपालतिर फर्काउने गरि तटबन्ध निर्माणको काम फेरि अगाडि बढाएको छ । महाकाली नगरपालिका–४ बांगाबगर क्षेत्रमा नदी नेपालतर्फ फर्किने गरी भारतीय पक्षले तटबन्ध निर्माणको काम गरिरहेको स्थानीयहरुले बताएका छन् । भारतीय पक्षले दादागिरी गर्दै नदी नेपालतर्फ फर्काउने गरी काम गरिरहेकोले प्रशासनलाई खबर गरेको उनीहरुले बताए ।

महाकाली बीचबाट बग्ने गरी भारतले काम गर्नु पर्ने स्थानीयको तर्क छ । भारतले एकपक्षीय ढंगले नदीको धार परिवर्तन हुने गरी तटबन्ध बनाउन थाले पछि विरोध भइरहेको छ। नेपालीको विरोध पछि भारतीय पक्षले काम रोकेको छ । तटबन्ध निर्माणको क्रममा दार्चुलामा पटक पटक तनाव हुने गरेको छ । यस अघि पनि महाकाली वारि र पारीका नागरिकबीच ढुङ्गा हानाहान नै भएको थियो । यो घटनामा ७ जना नेपाली नागरिक विरुद्ध भारतमा जाहेरी नै परेको छ । भारतीय पक्षले तटबन्ध निर्माणका क्रममा विवाद भएपछि केही साता अगाडि नेपाल र भारतका स्थानीय प्रशासनबीच छलफल भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.