महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ पिरैयामा आयोजना गरिएको आँखा शिबिरबाट २ सय ८० जनाले लाभ लिएका छन् । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवानं) को आयोजना तथा धनगढी नेत्रालय प्रालीको सहयोगमा शनिवार आँखा शिविरको आयोजना गरिएको संस्थाका सदस्य दमनबहादुर चन्दले जानकारी दिएका छन् ।
भीमदत्त नगरपालिका १३ पिपरैयामा रहेका बैजनाथ विधा निकेतनको प्राङगणमा आयोजना गरिएको आँखा शिविरमा ६१ जना महिला र २ सय १९ जना पुरुषहरुले लाभ लिएको उनले बताए । ती मध्ये अती जटिल अवस्थाका आँखाका बिरामीहरुलाई शल्यक्रिया गर्नका लगि पनि व्यवस्था मिलाईएको र शल्यक्रिया गर्नका लगि २९ जनालाई सम्पर्कमा आउन र पछि धनगढीमा रहेको नेत्रालय प्रालीमा उनिहरुको आँखको शल्यक्रियाको उपचार गरिने उनले बताए ।
साथै अन्य चश्माको आवस्यक्ता रहेका बिरामीहरुलाई चश्मा पनि उपलब्ध गरिउको र जस्को चश्माको आकार नमिल्नेलाई पछि फेरी चश्मा उपलब्ध गरिने पनि संस्थाका सदस्य चन्दले बताए । पेसवान संस्थाले जिल्लामा रहेका २८ वटा विधालयका ४ हजार ३ सय ४५ जना अति विपन्न, जेहेनदार, गरिब विधार्थीहरुलाई शैक्षिक सामग्रीहरु पनि वितरण गर्दै आएको छ भने अहिले सम्म २६ वटा विधालयमा उक्त कार्यक्रम गरिसकेको र बाँकी २ वटा बिधालयमा आईतवार र सोमवार शैक्षिक सामग्रीहरु वितरण गरिने उनले जानकारी दिए ।
संस्थाले उक्त झोलामा विधार्थीहरुलाई आवस्यक पर्ने कपी, पेन्सिल, टिफिन बक्स, पानी खाने बोकलर बक्स लगायतका शैक्षिक सामग्रीहरु प्रदान गर्दै आएको छ ।
Comments are closed.