किसानहरुले कम मुल्यमा धान बिक्री गर्दा मलखादको पनि रकम उठदैन्

महेन्द्रनगर । कञ्चनपुरमा कार्तिकको महिनामा धान खेती भित्राईएको भएपनि नेपाल सरकारले पौषमा आएर सर्मथन मुल्य तोकेको छ । गत वर्ष २ हजारको हाराहारीमा धान बेचेका किसानहरुले अहिले २ हजार २ सयमा धान बिक्रि गरेका किसानले मलखादको पनि मुल्य नउठने भएपछि चिन्तित भएका छन् । सरकारले असोजमा धानको समर्थन मुल्य तोक्नु पर्ने भएपनि पौषमा आएर धानको मुल्य तोकिएपछि किसानहरुले आफनो खर्च पनि उठाँउन समस्या भएको छ ।

धान खेतीको बेलामा महँगोमा मलखाद खरिद गरेका किसानहरुलाई अहिलेको समर्थन मुल्यले केही पनि फाईदा नभएको उनिहरुको गुनाशो रहेको छ । एक किलो मलखाद किन्न ४ देखी ५ किलो धान बेच्नु पर्ने हुन्छ, समयमै मुल्य निर्धारण नजगरिदा किसानहरुले खेतमा गएर खरिद गर्ने व्यापारीहरुलाई १५ देखी १७ रुपैँयामा धान बेच्नु पर्ने बाध्यता रहेको छ । किसानहरुको धानमा बिचौलियाहरुले फाईदा लिने गरेको कारणले केन्द्रिय कार्यालयले २९ सय ३५ रुपैँया मुल्य तोकिएको भएपनि धान खरिद गर्न अलि ढिलाई गरेको भएर किसानहरुले मारमा परेको गुनाशो गरेका छन् ।

किसानहरुले ढिलाई भयो भनेपछि आगामी वर्षदेखी छिटो नै समर्थन मुल्य तोक्ने तथा किन्ने कार्य ढिलाई भ्एपनि समर्थन मुल्य चाँडो तोक्नुपर्ने भन्दै केन्द्रमा पनि जाकारी दिएको निमित्त प्रमुख खाद्य व्यवस्था तथा व्यापार कम्पनी महेन्द्रनगरका तपेन्द्रप्रशाद उपाध्यायले जानकारी दिएका छन् । सरकारले समर्थन मूल्य तोकेयता खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महेन्द्रनगरबाट आठ सय ३७ क्जिन्टल धान खरिद गरेका छ । यस्तै धनगढीबाट १२ हजार सात सय ८२ राजापुरबाट १३ हजार चार सय ४१ र नेपालगन्जबाट पाँच सय २६ क्विन्टल धान खरिद गरेको हो ।

सरकारले यसपटक मोटा धानको प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मध्यम धान तीन हजार एक सय २८ रुपैयाँ तोकेको छ । कम्पनीले सोही मूल्यमा किसानसँग धान किन्न थालेको हो । यो मूल्य गत वर्षको भन्दा प्रतिक्विन्टल क्रमशः दुई सय १५ र दुई सय २६ रुपैयाँ बढी हो । किसानबाट समर्थन मूल्यमा धान किन्न सरकारी निकायले एक अर्ब ३१ करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीका अनुसार खाद्यले तीन लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । यस्तै, नेपाल किसान महासंघका अध्यक्ष गणेश तिमल्सिनाले व्यापारीले सस्तो मूल्यमा अधिकांश धान बेचिसकेपछि झारो टार्नका लागि मात्र धान किन्न खोजेको बताए ।

खाद्य कम्पनी पूर्वी जिल्लातिर धान किन्न अझै पुगेको छैन । अहिले खरिद गरेको धान पश्चिमतिरका किसानबाट किनिएको हो । पश्चिम हुँदै पूर्वतिर खरिद गर्ने तयारीमा रहेको सुवेदीको भनाइ छ । समर्थन मूल्य तोकेको एक महिनापछि मात्र खाद्य व्यापार कम्पनीले धान खरिद गरेको हो ।

सम्बन्धित

Comments are closed.