महेन्द्रनगर । कञ्चनपुर सहित देशैभरमा अब नयाँ प्रकारको अस्थायी साधन प्रयोगमा आउने भएको छ । सोमवार नेपाल परिवार नियोजन संघ कञ्चनपुरले परिवार नियोजनको अस्थायी साधनका रुपमा अर्को नयाँ साधन सायना प्रेस सुई अब बजारमा आएको जानकारी दईएको छ ।
अन्य देृशमा महिलाहरुले आफै लगाउन मिल्ने उक्त सुई अहिले नेपालमा महिलाहरुलाई स्वास्थ्य संस्था तथा सम्बन्धित संस्थामा लगाउन पाईने परिवार नियोजन संघ कञ्चनपुर शाखाका प्रमुख बासदुेब विष्टले जानकारी दिएका छन् । यो अस्थायी साधनले तीन महिने गर्भ निरोधकको रुपमा काम गर्ने र साइना प्रेस महिलाका लागि भरपर्दो र सजिलो नयाँ अस्थायी साधन भएको संघका मेडिकल अधिकृत डा. स्मृति रावलले बताईन् ।
यो नयाँ साधन हो डिपोको विकल्पमा पनि होइन र डिपो जस्तै पनि नभएको तथा यसको प्रभावकारिता ९९ प्रतिशत छ, लाउन सजिलो पनि छ, डिपोको भन्दा सुई पनि सानो रहेको उनको भनाई थियो । यो अस्थायी साधनलाई पेट, तिघा्र र थाइमा लगाउन सकिने र सेवाग्राही आफैंले घरमा लगेर पनि लगाउन सक्ने मेडिकल अधिकृत रावलको भनाई छ ।
जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा शाखा अधिकृत बासदुेब विष्टले संघका कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि बोहराले यो अस्थायी साधनको बारेमा मिडियामा पनि व्यापक प्रचार प्रसार गर्न आग्रह गरे,।
Comments are closed.