५० वर्षमा तरकारीको ठेला धकेलेर परिवार पाल्दै

महेन्द्रनगर । ठुलो सहरमा एउटा मध्यमवर्गीय परिवारले दिनरात नभनी खटिनु पर्छ । परिवारमा एक सदस्यको कमाइले बाँकी परिवार पालिनुपर्ने हुन्छ । नेपालमा रोजगारी नपाएर मानिस विदेश लाग्छन् तर यहाँ केही गर्छु भन्नेलाई पक्कै पनि ठाउँ छ । बिहान ४ बजे उठेर कञ्चनपुर भीमदत्त नगरपालिका १८ मा बस्ने सरस्वती खत्री शब्जी मण्डीमा पुग्छिन् ।

उनले त्यहाँबाट तरकारीहरू संकलन गरेर आफनो ठेलामा राखेर दैनिक बजा। क्षेत्र तथा गोबरिया, निम्बुखेडा लगायतका ठाँउमा ठेला घुमाएर दिनभरी तरकारी बेचेर आफनो परिवारका लागी आर्थिक जम्मा गरी परिवारको पेट पालिरहेकी छन् । खत्रीलाई अहिले ५० वर्ष भयो, उनले तरकारी बेचेर दैनिक पाँच सयदेखि एक हजार दुई सय रूपैयाँसम्म आम्दानी गर्ने गरेको बताईन् । उनको परिवारमा श्रीमान् र उनीसहित पाँच जना छन् । ‘सबैलाई यही ठेलाले पालेको छ’ उनले भनिन् ‘आज भन्दा ५ वर्ष अगाढी १५ हजारमा किनेको हो, यो ठेला, अहिले सम्म पेट पालेको छ, साथै बच्चाहरुलाई पढाउने कोठा भाडादेखी सबै खर्च धानेको छ, यो ठेला नभएको भए अहिले हामी सबै भारतको कुनै ठाँउमा मजदुर गरिरहेका हुन्थ्यौ’ ।

पहाड घर दार्चुला हो, म बाट छोरा छोरी ढिलो भयो, परिवारका अन्य सदस्यहरुले घरबाट निकालि दिए, हामी त्यँहाबाट महेन्द्रनगर आएर दुबै जनाले काम खोज्न थाल्यौ तर काम पाईएन् पैसा पनि थिएन, पछि कतै बाट रिण निकालेर ठेला किनेर आफनो व्यापार सुरु गरे, श्रिमानले पनि नगर यो काम भने सुरुमा, अहिले जब पैसा आयो श्रिमान पनि खुशी छन् पहिले त तैले मेरो नाक काँटी नगर यो काम भन्थे अहिले सहयोग गर्छन मलाई, अहिले पनि दिनभर ५० देखी ६० किलोको हुन्छ सबै समान हाल्यो भने ठेलालाई धकेल्दै लैजानु पर्छ, थाकिन्छ, हातमा ठेला पनि आएका छन्

ठेला धकेल्दा तर के गर्ने पेट परिवारको जिम्मेवारीले सबै काम गर्नुपर्छ जस्तो लाग्छ मिहिनेत गर्नु पर्छ काम गर्नुपर्छ पछि हटनु हुँदैन भनेर यो काम गरिरहेकी छु, ‘काम सानो ठूलो हुदैँन, सानो–ठूलो हुन्छ त केवल हाम्रो सोच’ भन्ने मान्यताका साथ मैले ५ वर्षअगाडि व्यापार गर्न थालेकी हुँ , तरकारी बेचेर नै राम्रो आम्दानी भइरहेको उनले सुनाइन् । सुरुका केही दिनहरूमा गाह्रो भए पनि बिस्तारै उनले हिम्मत गरेर काम गर्न थालेको बताइन् । ‘नेपाली समाजमा कामका लागि एकदमै भेदभाव हुनेगरेको छ’, उनी भन्छिन्, ‘युवापुस्ता देशमा रोजगारी छैन भन्दै विदेशी भूमिमा आफ्नो पसिना बगाउन जान्छन् ।

विदेशमा भाँडा माझ्ने काममा गर्व गर्ने नेपाली आफ्नो देशमा काम गर्दा सरम मान्छन् ।’ मिहिनेत गर्नसके नेपालमा नै बसेर राम्रो कमाइ गर्न सकिने उनले बताइन् । उनको ठेलामा तरकारकिा सबै आर्यटम पाईन्छ अलिकती फलफुल पनि राखेकी छन् । करिब १०÷१२ केजी स्याऊ, सुन्तला लगायत अन्य फलफूल हुन्छन् । दिनभर बजारमा ठेला गुडाएर तरकारी फलफूल बेच्छिन्, साँझ परेपछि घर फर्किन्छिन् । उनको दैनिकी हो, यो । घरपरिवार बिरामी हुँदा वा काम परेको समयमा नगर्न पनि मिल्ने तथा स्वतन्त्र रूपमा सञ्चालन गर्न पाइने भएकाले अरूकोमा काम गर्नुभन्दा आफ्नै व्यवसाय सजिलो लाग्ने उनले बताइन् ।

‘हातखुट्टा राम्रोसँग चल्नेले पनि माग्दै हिँड्छन्, मलाई त्यो मन पर्दैन । सानोतिनो काम गरेर जीविकोपार्जन गर्न सकिने हुनाले देशमा केही गर्नसके सबैलाई फाइदा हुन्छ,’ उनी भन्छिन्, ‘जाँगर चलाउनेलाई कहीं पनि भोकै मर्नुपर्दैन । कामलाई सम्मान गर्नसके त्यसबाट आम्दानी राम्रो हुन्छ ।’

सम्बन्धित

Comments are closed.