कैलालीका प्रजिअ थापाद्वारा मर्मत गर्नुपर्ने सीमास्तम्भको अनुगमन

महेन्द्रनगर । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले मङ्गलबार मर्मत गर्नुपर्ने सीमास्तम्भको अनुगमन गर्नुभएको छ । प्रजिअ थापा नेतृत्वको टोलीले भजनी, कालाकुण्डा र खक्रौलास्थित सीमास्तम्भको अनुगमन गरेको हो । नेपाल–भारत सीमाअन्तर्गत कैलालीमा पर्ने ११ वटा सीमास्तम्भ मर्मत गर्नुपर्ने भएको छ ।

जसमध्ये चार वटा सीमास्तम्भ मर्मतको काम नेपालको भागमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी सात वटा सीमास्तम्भ भने भारतले मर्मत गर्नेछ । नेपालले मर्मत गर्नुपर्ने सीमास्तम्भको अवस्था के–कस्तो छ भन्ने बारे बुझ्नका लागि अनुगमन गरिएको जोशीले जानकारी दिनुभयो ।
यसैगरी, प्रमुख जिल्ला अधिकारीको टोलीले खक्रौला भन्सारमा भइरहेको राजस्व चुहावट नियन्त्रणका लागि भन्सार कार्यालयमा राजस्व चुहावट नियन्त्रणसम्बन्धी बैठक पनि सम्पन्न गरेको छ । पछिल्लो समय सो भन्सार कार्यालयका कार्यालय प्रमुख नै भारतबाट भन्सार नगराइ सामान आयात गराउने र राजस्व चुहावट गर्ने कार्यमा संलग्न रहेको गुनासो बढेको थियो । सोही विषयलाई लिएर बैठक बसेको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.