सुदूरपश्चिममा ४ महिनामा सवारी दुर्घटनामा परी ६० जनाको मृत्यु

महेन्द्रनगर । शुक्रवार साइकलमा सवार विद्यार्थी वेदकोट नगरपालिका वडा नम्बर ६ का कविराज बैजलाई महेन्द्रनगरबाट दार्चुला सवार ना ७ ख ६५२१ नम्बरको बसले ठक्कर दिँदा उनको मृत्यु भयो । यसरी नै अहिले सुदूरपश्चिममा दैनिक सवारी साधनहरु दुर्घटना हुँदा कयौँले अकालमा ज्यान गुमाउनु परेको छ ।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय सवारी दुर्घटना बढेको पनि पाईएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङक अनुसार पछिल्लो ४ महिनामा १ सय २१ वटा सवारी दुर्घटनामा ५२ जना पुरुष, ४ महिला, २ बालक र २ बालिका गरी ६० जनाले ज्यान गुमाएका छन् भने, ५८ जना पुरुष, १० महिला, २ बालक र २ बालिका गरी ७१ जना गम्भिर रुपमा घाईते भएका छन् । यस्तै, ५८ जना पुरुष, २१ जना महिला, ६ बालक र १५ बालिका गरी ९० जना सामान्य घाईते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङकले देखाएको छ । यही दुर्घटनामा परी १२ वटा बिभिन्न चौपायाहरको पनि मृत्यु भएको छ ।

यो आर्थिक वर्षको सावनदेखी कार्तिक सम्ममा उक्त सवारी दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपेन्द्र पालले जानकारी दिएका छन् । अहिले पछिल्लो घटना क्रमलाई हेर्ने हो भने, सबै भन्दा बढी दुर्घटना मोटरसाईकलको भएको छ भने, त्यस पछि क्रमशःजिप र कारहरु दुर्घटनामा परेको उनले बताए । विगत चार महिनामा हेर्ने हो भने ७५ वटा मोटरसाईकलहरु दुर्घटनामा परेका छन् ।

त्यसपछि १६ वटा जिप र कार ८ वटा बस, ७ वटा ट्याक्टर, साना सवारी साधन ६ वटा, ३ वटा ट्रक र टयाङकरहरु, २ वटा डोजर, २ टेम्पो, र २ अन्य गरी १ सय २१ वटा सवारी साधनहरु दुर्घटनामा परेको पाईएको प्रवक्ता पालले बताए । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक एसपी प्रविण धितालले पछिल्लो समय बढदै गईरहेको सवारी दुर्घटनामा लापरवाही भएर सवारी हाँक्नु, तिव्रगतीमा सवारी साधन चलाउनु, क्षमता भन्दा बढी यात्रु हालेर सवारी चलाउनु नै प्रमुख कारण भएको बताएका छन् ।

साथै पहाडी क्षेत्रमा रहेका रुट प्रमिट नभएका सडक, स्थानिय सरकारले आफै बनाएका सडक, क्षमता भन्दा बढी यात्रु सवारीमा हाल्नुले पनि दुर्घटना बढेको र शहर बजारमा बढी जसो नियम उल्लंघन गर्ने,जाने सुनेका व्यक्तीहरुले बढी नियमहरु उल्लंघन गरेको पाईएको उनले बताए । ‘स्थानिय सरकारहरुले पनि यो विषयमा चासो नदेखाएर पनि अहिले यो दुर्घटना बढी रहेका छ’ । उनले भने, ‘ट्राफिकहरुले मात्रै जरिवाना लिने गर्नाले मात्रै यो सवारी दुर्घटना नरोकिने भएको छ’ ।

‘ट्राफिकहरुको लागी नियम मान्ने भन्ने विषय होईन आफनो लागी हो सुरक्षाको जिनयम पालना गनर्’े उनले भने, घरमा पनि आफनो छोराछारीहरुलाई पनि र विधालयमा पनि यो विषयमा राम्ररी जानकारी दिनुपर्ने उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुको तथ्याङ्कअनुसार दुई वर्षमा कञ्चनपुरमा एक सय ९० वटा सवारी दुर्घटनाका घटना भएका छन् । जसमा ६८ जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७७÷७८ मा ९३ र आव २०७८÷७९ मा ९७ सवारी दुर्घटना भएका थिए । चालु आवको हालसम्म ३३ वटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा परेर आव २०७७÷७८ मा ३५ र आव २०७८÷७९ मा ३३ जनाको मृत्यु भएको थियो । चालु आवमा सवारी दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ । आव २०७७÷७८ यता दुई सय २२ मोटरसाइकल दुर्घटनामा परेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.