कञ्चनपुरमा स्थायी बन्ध्याकरण गर्नेमा महिलाको संख्या बढी

महेन्द्रनगर । कञ्चनपुरमा परिवार नियोजन गर्ने पूरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाईएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले गरेको परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरको तथ्याङ्क हेर्दा परिवार नियोजन गर्ने पुरुष भन्दा महिलाको सङ्ख्या बढी देखिएको हो ।

पौष महिनामा स्वास्थ्य कार्यालय कञ्चनपुरले आयोजना गरेको बिभिन्न ८ स्थानमा सम्पन्न भएको स्थायी बन्ध्याकरण शिविरमा १ सय ८१ जनाले बन्ध्याकरण सेवा लिएका छन् । तीमध्ये १ सय ७२ महिलाले मिनील्याप गरेका छन् भने ९ जनामात्र पुरुषले भ्यासेक्टोमी गरेका छन् । स्वास्थ्य कार्यालय कञ्चनपुरका परिवार नियोजन सुपरभाईजर कपिलदेव जाशीले जिल्लाका बिभिन्न ८ वटा ठाँउमा गरिएको बन्ध्याकरण शिविरमा पूरुषको तुलनामा महिलाहरुले गरिने मिनील्याप बढी गर्ने गरेको र पूरषहरुले गर्ने भ्यासेक्टोमी कम मात्रामा हुने गरेको बताए ।

यो महिनामा संचालन गरिएको शिविरमा पनि पूरुषहरुको संख्या न्यून मात्रामा रहेको उनले जानकारी दिए । पौष ४ गतेदेखी ११ गतेसम्म संचालनमा रहेको शिविरमा बेलडाँडी गाँउपालिकामा २९ महिला र ३ पूरुषले बन्ध्याकरण गरेका छन् भने यसैगरी बेलौरीमा ३६ जना महिला, पुनर्वासमा ३ महिला १ पूरष, लालझाडीमा ११ महिला, कृष्णपुरमा ३१ म्हिला १ पूरुषले स्थायी बन्ध्याकरण गरेका छन् । यस्तै, शुक्लाफाँटामा ३६ जना महिला, बेदकोटमा १३ पूरुष, २ महिला, र भीमदत्तमा १३ महिला २ पूरुषहरुले बन्ध्याकरण गरेको सुपरभाईजर कपिलदेव जाशीले जानकारी दिए । आर्थिक वर्ष ०७८/७९मा २ सय १ महिला र १४ जना पूरुषहरुले स्थायी बन्ध्याकरण गरेको पाईएको छ भने, आर्थिक वर्ष ०७७ /७८ मा पनि महिलाको संख्या बढी देखिएको छ, उक्त वर्ष १ सय ३२ महिला ९ जना पूरुषले बन्ध्याकरण गरेको पाइर्एको हो ।

यस्तै आर्थिक वर्ष ०७६/७७ मा १ सय ९२ महिला २८ जना पूरुषले बन्ध्याकरण गरेको सुपरभाईजर कपिलदेव जाशीले जानकारी दिएका छन् । विगतका वर्षहरुमा पनि तथ्याङक हेर्ने हो भने, पहाडी जिल्लामा पूरुषहरुले बढी स्थायी बन्ध्याकरण गरेको पाईएको छ भने तराईमा महिलाहरुले बढी गरेको पाईएको उनले बताए । साथै पुरातनबादीसोच बिचारले गर्दा पनि पूरुषहरुले कम मात्रामा बन्ध्याकरण गरेको पाईएको हो ।

स्वयमसेविका, चिकित्सकहरुले हामीले महिलाले भन्दा पुरुषले बन्ध्याकरण गर्न सहज हुन्छ भनेर जति सिकाए पनि बन्ध्याकरण शिविरमा पुरुष सहभागिता बढाउन सकिएको छैन’, उनले भने, बन्ध्याकरण गरेमा शारीरिकरूपमा कमजोर भइन्छ, पुरुषले धन कमाउनुपर्छ वा कडा परिश्रम गर्नुपर्ने भएकाले पुरुषहरू बन्ध्याकरण गर्न तयार नभएको जोशीको भनाई रहेको छ । स्वास्थ्य कार्यालयले भ्यासेक्टोमी गर्दा रशीरलाई हानी गर्दैन, जुनसुकै काम गर्न सकिन्छ भनी सचेतना फैलाउने गरेका छौँ’ उनले भने ‘तर समाज र परिवार जति सम्झाए पनि मान्न तयार छैनन् ।

सम्बन्धित

Comments are closed.