कैलालीमा अजिङ्गरको उद्धार गरियो

महेन्द्रनगर । कैलालीमा खेतमा फेला परेको अजिङ्गरको उद्धार गरिएको छ । कैलालीको भजनी नगरपालिका ९ का रामफल चौधरीको खेतमा बुधबार भेटिएको अजिङ्गरको उद्धार गरी सोनिया तालमा छोडिएको हो ।

सयपत्री सामुदायिक वन र जनज्योति सामुदायिक वनमा सिमानामा रहेको सोनिया तालमा छोडिएको सब डिभिजन वन कार्यालय पचमुडियाका प्रमुख नितेश भट्टराईले जानकारी दिए । उद्धार गरीएको अजिङ्गरको तौल ३ किलो तथा १.५ मिटर लम्बाइ रहेको र बच्चा अजिङ्गर रहेको उनले बताएका छन् ।

 

सम्बन्धित

Comments are closed.