कैलालीबाट लागु औषध सहित १ जना पक्राउ

महेन्द्रनगर । कैलालीबाट लागु औषध सहित १ जना पक्राउ परेका छन् । टीकापुरबाट लागु औषध खैरो हिरोइन सहित १ जना पक्राउ परेका हुन् । टीकापुर नगरपालिका–८ मा रहेको प्रहरी चौकी कालाकुण्डाबाट खटिएको गस्ती टोलीले भारतबाट नेपाल आउँदै गरेका लम्कीचुहा नगरपालिका–२ मोतीपुरका २५ वर्षीय रेनिस डाँगीलाई लागु औषध खैरो हिरोइन सहित पक्राउ गरेको हो ।

सु.प.प्र. ०१००९ प ३५२९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका डाँगीको साथबाट ८ ग्राम ९१० मिलिग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.