महेन्द्रनगर । कैलालीमा फसेको ट्याक्टरको ट्रली निकाल्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । ट्रयाक्टरको टायरले च्यापिएर चालकको मृत्युु भएको प्रहरीले जनाएको छ । गौरीगंगा नगरपालिका–५ मा बुधबार बेलुकी ट्रयाक्टरको टायरले च्यापिएर चालक वडा नम्बर ४ का २२ वर्षीय गणेश चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
बेलुकी पौने ८ बजे फसेको ट्याक्टरको ट्रली निकाल्ने क्रममा चौधरीलाई बिचको टायरले च्यापेको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।
Comments are closed.