महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ मा अवस्थित अमर सहिद आधारभुत बिधालयको बिधालय ब्यवस्थापन समितिको चयन गरिएको छ । बिहिवार विधालयमा एक कार्यक्रमको आयोजना गरि समिती चयन गरिएको हो । समितिको अध्यक्ष मा बिष्णुप्रसाद कडेलको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमितिको चयन गरिएको वडा अध्यक्ष रविन्द्र देवकोटाले जानकारी दिएका छन् ।
यसैगरी सदस्यहरुमा निरु बागचन्द, गंगा दमाई, दिलसारा कामी, सोमराज जोशी, दुर्गा केसी,र प्रमिला जैरु चयन भएका छन् । अध्यक्ष कडेलले आफुले अब विधालयको शैक्षिक गुणस्तरिय तथा विधालयमा आवस्यक पर्ने सम्पुर्ण कार्यमा सक्रिय भुमिका निभाउने बताए ।
साथै विधालयलाई वडा कै नमुना विधालय बनाउनमा आफु लगायत सदस्यहरु, अभिभावकहरुको पनि साथ र सहयोग आवस्यक्ता पर्ने भएकाले सबैले यो विधालयको शैक्षिक स्तर माथी उकास्नमा ध्यान केन्द्रित गर्न पनि आग्रह गरे ।
Comments are closed.