महेन्द्रनगर । शुक्लाफाँटा एफएम शुक्रवार १७ औँ वर्षमा प्रवेश गरेको छ । स्थानीय विकास मञ्च फोल्ड कन्चनपुर को पहल र समुदायद्वारा सञ्चालित सामुदायिक रेडियो शुक्लाफाँटा एफ एम ९९.४ मेगाहर्ट्जको १६औं वार्षिकोत्सव हरेक वर्ष झै यस वर्ष पौष १५ गते मनाउने तयारी पुरा भएको छ ।
२०६३ साल पौष १५ गतेदेखि विधिवत रुपमा प्रशारणको थालनी भएको साविक महाकाली अञ्चलको पहिलो र सामुदायिक रेडियोमा शुदूरपश्चिमको सर्वाधिक प्रशारण क्षमता भएको शुक्लाफाँटा एफ एम हरेक वर्ष स्थापना भएको मितिमै वार्षिकोत्सव मनाउने गरेको छ। शुक्लाफाँटा एफ एम को अडियो उत्पादन र स्टुडियो रहेको कन्चनपुरको भीमदत्त नगरपालिका वडा नं १ भांसीमा वार्षिकोत्सव मनाउने गरिएकोमा २०६६ सालमा धनगढीमा मनाईएको थियो ,भने यस वर्ष एफ एम को प्रशारण केन्द्र रहेको कैलालीको गोदावरी नगर पालिका वडा नं ४ नाचनथलीमा मनाईने रेडियोका अध्यक्ष बलबहादुर डङौराले जानकारी दिएका छन् ।
हरेक वर्ष शुक्लाफाँटा एफएमले स्थानीय तथा राष्ट्रिय क्षेत्रमा उल्लेख्य योगदान पुयाउनु हुने महानुभावलाई सम्मान, अभिनन्दन पनि गर्ने गरिएको र पत्रकारिता क्षेत्रमा अनुकरणीय कार्य गरेवापत एक जना पत्रकारलाई शुक्लाफाँटा पत्रकारिता पुरुस्कार प्रदान गरि सम्मान गर्ने परम्परा रहि आएको उनले बताए ।यस्तै, रेडियोका स्टेशन म्यानेजर जयदेव जोशीले स्थानिय विकास मञ्च फोल्ड कञ्चनपुरले आवाजमा पहुच नभएकाहरुको सञ्चारमा अधिकार भन्ने मुल नाराका साथ स्थापना गरेको यस सामुदायिक रेडियो शुक्लाफाटा एफ्.एम ९९.४ मेगाहर्जको १६ औ वार्षित्कोत्सव कार्यक्रम मनाई रहदा यस रेडियोको स्थापना तथा सञ्चालनमा विभिन्न क्षेत्रहरुबाट सहयोग गर्नुहुने सम्पुर्ण व्यक्तित्व ज्युहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
सामुदायिक रेडियो शुक्लाफाट एफ्.एम ९९.४ मेगाहर्जले १६ वर्ष पुरा गरी १७ औ वर्षमा प्रवेश गरी रहदा यस रेडियोले विभिन्न उतारचढाव पार गर्दै आएको , बिषम परिस्थितिमा पनि हामीलाई बिगतमा झै सहयोग गर्नुहुने सम्पुर्ण राजनैतिक दलका प्रतिनिधि ज्युहरु, विभन्नि सरकारी कार्यालयका प्रमुख ज्युहरु, गैर सरकारी कार्यालय तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्युहरु, पत्रकार महासंघ तथा विभिन्न मिडियामा आबद्ध मेरा सहकर्मी पत्रकार मित्रहरु, शुक्लाफांटा एफ.एम.लाई विज्ञापन तथा कार्यक्रहरु उपलब्ध गराइ सहयोग गर्नुहुने विज्ञापनदाता तथा कार्यक्रमदाता ज्युहरु, शुक्लाफांटा एफएमको कार्यसमितिका सदस्य ज्युहरु, प्रबद्र्धक ज्युहरु तथा एफएमका सल्लाहाकार ज्यु हरु, शुक्लाफांटा एफ.एम.को दैनिक कार्यमा क्रियाशील मेरा सहकर्मीहरु तथा शुक्लाफांटा एफ.एम र बाह्रसिंगा एफ.एम. सुनिरहनु भएका सुदुरपश्चिम र लुविनी प्रदेश र कर्णाली प्रदेशका १५ जिल्लाको, ३५ नगरपालिकाका, ५० वटा साना ठूला शहरका ३० लाख भन्दा बढी श्रोताहरु, सर्ब प्रथम यहाहरु सबैलाई शुक्लफांटा एफ.एम. ९९.४ मेगाहर्ज लाई १६ बर्ष पुरा गराइ १७ औं बर्ष प्रबेश गराउनु भएकोमा हार्दिक बधाइ तथा धन्यबाद दिन चाहन्छु । स्टेशन म्यानेजर जोशीले भने,