महेन्द्रनगर । बैतडीको पाटन नगरपालिकाले अपहेलित गाउँ तथा टोलको नाम परिवर्तन गरीरहेको छ । शनिबार मात्रै वडा नं ६ का चार टोलको नाम परिवर्तन गरेको छ । पाटन ६ को भट्टाड टोलको नाम बलयपाटा राखिएको छ । औज्यौडा टोलको नाम तीलगाउँ, भुल्यौडा टोलको नाम ढुंगेओखल र भण्डारीगाउसँगै जोडिएको अर्को भुल्यौडा टोलको नाम खसरबाटा राखिएको पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहराले जानकारी दिए ।
उपप्रमुख बोहरा कै नेत्तृत्वमा अपहेलित टोलको नाम परिवर्तन गर्न सम्बन्धीत टोलमा सभाको आयोजना गरिएको हो । यसअघि पनि पाटन ५ को अपहेलित टोलको नाम परिवर्तन गरि सिर्जना टोल राखिएको थियो ।
दलितवर्गलाई अपहेलना हुनेगरी पुस्तौँ पहिले राखिएका ती गाउँका नामहरुलाई परिवर्तन गर्न कार्यपालिकाबाटै निर्णय गरिएको थियो । अब सबैखालका सरकारी कामकाजमा परिवर्तीत टोलको नाम नै कायम रहने छ ।
Comments are closed.