महेन्द्रनगर । भीमदत्त नगरपालिका–१७ मझगाउँस्थित रहेको विमानस्थल निर्माणको कार्य शुरु भएको एक वर्ष भएपनि निर्माण कार्य प्रगती भने ५ प्रतिशत मात्रै भएको पाईएको छ । विसं २०५६ सालदेखि असुरक्षाका कारण देखाउँदै उडान बन्द गरिएको कञ्चनपुरको मझगाउँ विमानस्थलको कार्य २०७८ फागुनदेखी कार्य सुचारु गरेको निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सन कम्पनी र जीएस जेभिले १ वर्षमा ५ प्रतिशत काम सम्पन्न गरेको पाईएको हो । अहिले पनि विमानस्थलमा काम रोकिएको छ ।
विमानस्थलमा अहिले पनि जग्गा विवाद कायमै रहेको र विमानस्थललाई आवस्यक पर्ने लम्बाई १६ सय ६५ मिटर र चौडाई ५ सय मिटर रहेको जग्गा आफनो मातहतमा नआउन्जेल सम्म काम अगाढी बढनमा ढिलाई हुने आयोजना प्रमुख मिनराज ओझाले जानकारी दिए । विमानस्थललाई आवस्यक पर्ने जग्गा अहिले पनि आफनो स्वामित्वमा नआएकाले बिभिन्न समयमा हुने गरेको बाधाले काममा ढिलाई भएको उनले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवस्यक जग्गा उपलब्ध गराई पाँउ भनेर पत्र लेखिएको भएपनि अहिले क्याबिनेटको बैठक हुन नसकेकोले उक्त काम पनि रोकिएको उनले बताए ।
अहिले बेस, सबबेसको काम सुचारु भएको आयोजना प्रमुख ओभाmको भनाई रहेको छ । अहिले विमानस्थलाई आवस्यक पर्ने जग्गा रत्न बाटिका र आर्मीको खेल मैदान रहेकाले आर्मीले आफनो जग्गा हो भन्दै विमानस्थललाई दिन नमानेको र क्याबिनेटबाट नै निर्णय गराएर ल्याए मात्रै जग्गा दिने अडान भएपछि विमानस्थलको कार्य पनि अगाढी नबढेको आयोजना प्रमुख ओझाले बताए ।
जग्गा प्राप्ती ऐनमा क्याबिनेटबाट छलफल भएपछि मात्रै जग्गा पाईने भनिएको भएपनि हाल क्याबिनेटमा वैठक नहुँदा पनि समस्या भएको उनले बताए । यो विमानस्थलको ठेक्का कान्छाराम कन्ट्रक्सन कम्पनी र जीएस जेभिले पाएको छ । ४५ करोड ६६ लाख २४ हजार रहेको छ । ठेक्का भएको मितिले तीन वर्ष भित्र निर्माण कार्य सक्नुपर्नेछ । यसमा ५० प्रतिशत नागरिक उड्यन प्राधिकरण, २५ प्रतिशत सूदूरपश्चिम प्रदेश, १५ प्रतिशत भीमदत्त नगरपालिका र १० प्रतिशत दोधरा चाँदनी नगरपालिकाको लगानी रहेको छ ।
विमानस्थलको एक हजार ६ सय ८५ मिटर रनबे कालोपत्रे गर्ने कार्य हुनेभएको छ । विमानस्थलको सुुरक्षाका लागि तारवार गर्ने कार्य पूरा भएको छ । विसं २०२५ मा निर्माण गरिएको विमानस्थल सशस्त्र द्वन्द्वका कारण विसं २०५५ देखि बन्द अवस्थामा रहेको छ । विमानस्थल सञ्चालन भएपछि यस क्षेत्रको पर्यटन व्यवसाय फस्टाउने व्यवसायीको भनाइ रहेको छ ।
Comments are closed.