कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जना घाईते

महेन्द्रनगर । कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जना घाईते भएका छन् । हात्तीको आक्रमणबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –१२ कुण्डाका एक पुरुष घाइते भएका हुन् । मंगलवार विहान मर्निङ्ग वाक गरिरहेका समयमा हात्तीले आक्रमण गर्दा ५२ वर्षिय जित बहादुर भाट घाइते भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए ।

हात्तिको आक्रमणबाट घाइते भाटको कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरी निरीक्षक सिंहका अनुसार उनको अवस्था मध्यम रहेको छ ।

सम्बन्धित

Comments are closed.