महेन्द्रनगर । पत्रकार महासंघ कैलालीमा प्रहरीलाई महिनावारी रकम बुझाएर खुलेयाम भारतबाट अबैध तस्करी गर्ने गरेको आरोप सहित २० जनाको नाम लिस्ट राखेर उजुरी परेको छ । हुलाक मार्फत सामाजिक अभियन्ता नामबाट पठाइएको निवेदनमा पुर्वी क्षेत्रमा तस्करी गर्ने र प्रहरीलाई महिनावारी रकम बुझाउने गरेको आरोप सहित नाम समेत तोकिएको छ । पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताए ।
पठाउनेमा सामाजिक अभियन्ताको नाम उल्लेख गरिएको उनले बताए । तसकरी गरेर महिनावारी प्रहरीलाई रकम बुझाउने गरेको पत्र पत्रकार महासंघ कैलालीमै पुगेपछि महासंघले गम्भिरता पुर्वक लिएको महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताए । महासंघले पत्र आइसकेपछि निश्पक्ष छानबिन गरी दोषी उपर कार्वाही हुनुपर्ने माग राखेको छ । प्रहरीलाइनै आरोप लागिसकेपछि वास्तविकता आउनुपर्ने अध्यक्ष जोशीले बताए ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक बेद प्रकाश जोशीले पत्रकार महासंघमा आएको उजुरीलाई गम्भिरताका साथ लिएर अनुसन्धान गर्ने बताए । साथै उनले, उजुरीलाई कोही अशन्तुस्ट पक्षले भ्रम फैलाउन यस्तो गरेको हुन सक्ने बताउँदै वास्तविकता बाहिर ल्याउने दावी गरका छन् । यसको सत्यतथ्य प्रमाण सहित हनुसन्धान गरी सम्बन्धित ब्यक्तीहरुलाई सोधपुछ गर्छौँ र अनुसन्धानबाट दोशी ठहरिए कार्वाही गरिने बताए ।
निवेदनमा यस्तो भनिएको छ
महोदय, हाल आएर कैलाली जिल्लामा तस्करहरुको अखडा बनेको छ । निज तस्करलाई प्रहरीका घुमुवाहरुले संरक्षण दिएको हुनाले कैलालीका सम्पुर्ण नाकाहरुबाट बिभिन्न चोरी तस्करीका समानहरु भित्र्याउनमा प्रहरी नायब निरिक्षक सुनिल चन्द र नन्दराज भट्टले कैलालीका सबै नाकाबाट अशुली धन्दा शुरु गरी कार्यालय प्रमुखहरुलाई पनि कुनै जानकारी नदिई गुमराहमा राखेको र निजमाथी छानबिनगरी आवश्यक कावाृही होस भनी यो पत्र पेश गरेका छौँ । चिनिका नाइकेहरुलाई आवश्यक कार्वाही गरियोस, छानबिन गर्दा पुलिस प्रशासनबाट नभई अन्य जनमानसबाट छानबिन होस, हाल आएर प्रत्येक ठाउँबाट पैँसा उठाउने गरेको र निज दुई जनामाथी छानबिन होस भनी यो पत्र पेश गरेका छौँ । भारतिय मुद्राको कारोवारी, सुन तस्कर, काठ तस्कर, लागु औषध तसकरहरुसंग समेत निज दुवै जना संलग्न भएकोले निजहरुमाथी आवश्यक कार्वाही गरियोस । आजको दिनदेखी कैलालीको सबै ठाउँमा घुमुवा हो, भोलीको ८ बर्षे एकाउन्टेन्ट हो, मलाई को ले के गर्छ, भन्ने गरेको र आफ्नो गल्ती कमी कमजोरीलाई ढाकछोप गर्नका लागी सम्पुर्ण टोलीलाई डराई, धम्क्याई सिबिल टोलीबाट हटाएको हुनाले निज दुवै जनामाथी छानबिन होस,
Comments are closed.