धनगढीमा ट्याक्टरसहित ६ गोलिया सालको काठ बरामद

महेन्द्रनगर । कैलालीमा ट्रयाक्टर सहित सालका गोलया फेला परेको छ । वनको गस्ति टोलीले कैलालीको धनगढी १४ फुलबारीमा ट्रयाक्टर सहित सालको काठ बरामद गरेको हो । टोलीले बुधबार राती फुलबारीको बक्टैया तालको भारताल साझेदारी वनको भित्र सालका गोलीया बनाई लैजाने क्रममा ट्रेयाक्टर सहित बरामद गरेको हो ।

सालका ६ गोलीया से १ त २३० नम्बरकको ट्रेयाक्टरमा अबैध रुपमा काठ लुकाइ छिपाइ लैजादै गरेको अबस्था सवडिभिजन फुलबारी र भारताल साझेदारी सामुदायिक वन उपभोक्ता समुहको संयुक्त गस्ती टोलीले बरामत गरेको भारताल साझेदारी सामुदायिक वनका अध्यक्ष यादव भण्डारीले जानकारी दिए । अहिले भारताल बन क्षेत्रमा काठ चोरीको घटना बढ्न थालेपछि काठ चोरी निकासी नियन्त्रण गर्न गस्ती बढाएको अध्यक्ष भण्डारीले बताए ।

विशेष सुराकी आधार गस्ती टोलिले काठ ट्रेयाक्टर समात्न सकेपनि संलग्न भने फरार भएको सब डिभिजन वन कार्यलय फुलबारीका प्रमुख लोकराज दाहालले जानकारी दिए । बरामत गरियको काठ र ट्रेयाक्टर सब डिभिजन बन कार्यलय फुलबारीमा राखियको छ भने अहिले थप अनुसन्धान गरि फरार रहेकालाइ खोजि कार्य गरि बन ऐन २०७६ अनुसार कारबाही गरिने समेत दाहाले बताए ।

सम्बन्धित

Comments are closed.