महेन्द्रनगर । कञ्चनपुरमा सुदूरपश्चिम प्रदेशस्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव लाग्ने भएका छ । महेन्द्रनगरको खुला्मञ्चमा आउँदो फागुन १ देखि महोत्सव लाग्ने भएको हो । उद्योग वाणिज्य संघ कञ्चनपुरको आयोजनामा सुदूरपश्चिम पर्यटन महोत्सवको तयारी भईरहेको संघका अध्यक्ष पिताम्बर जोशीले जानकारी दिए ।
महेन्द्रनगरको खुला मञ्चमा १० दिनसम्म चल्ने महोत्सवममा स्थानीय कला संस्कृत तथा उत्पादनको प्रस्तुतीसँगै राष्ट्रिय कलाकारहरुको सहभागीता रहने अध्यक्ष जोशीले बताए । महोत्सवको तयारीका लागि मुल आयोजक समितिसँगै १५ वटा उप–समिति गठन गरिएको अध्यक्ष जोशीले बताए । तीन सय स्टल रहने महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको अध्यक्ष जोशीले बताए।
उनका अनुसार स्थानीय घरेलु उद्योग, महिला उद्यमीको उत्पादन तथा सुदूरपश्चिमका परम्परागत उत्पादन मेलामा राखिने छन् । उनले स्टल बुकिङ् समेत खुला गरिएको जानकारी दिए ।
Comments are closed.