महेन्द्रनगर । बाजुरामा निर्वाचनका क्रममा मृत्यु भएका सञ्जीव र चेतन ऐडीको परिवारलाई १०÷१० लाख दिने सरकारको निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री विष्णु पौडेले शुक्रबार बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । प्रत्येक परिवारलाई १०÷१० लाख उपलब्ध गराउने निर्णय भएको हा मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा पोखरा अन्तराष्ट्र्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिएको उनले जानकारी दिए ।
यस्तै,बैठकले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ । कम्बोडीयामा आगलागीमा परी निधन भएका निराकार पाण्डेको शव नेपाल ल्याउन आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा तोयमा राय र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको अर्थमन्त्री पौडेलले बताए ।
Comments are closed.