पश्चिम सेती परियोजनाबारे सुदूरपश्चिमका सांसदहरुको उपस्थितिमा संवाद कार्यक्रम हुने

सुदुरपश्चिम प्रदेशको बहुप्रतिक्षित परियोजना पश्चिम सेती परियोजनाबारे सुदूरपश्चिमका संघीय संसदमा प्रतिनीधित्व गर्ने सांसदहरुको उपस्थितिमा संवाद कार्यक्रम हुने भएको छ ।

उक्त कार्यक्रम माघ २२ गते रिपोर्टस क्लब भृकुटीमण्डपमा हुने आयोजक बोलन्या थली धनगढीले जानकारी दिएको छ ।

कार्यक्रममा मन्त्री लेखराज भट्ट, सांसदहरु डा. दीपकप्रकाश भट्ट, भीम रावल, दामोदर भण्डारी, गणेश ठगुन्ना, भैरवबहादुर सिंह, दिलेन्द्रप्रसाद बडु, लालबहादुर थापा, लक्ष्मी चौधरी, प्रकाश स्नेही, आशा बिक, प्रेम आले, रामबहादुर बिष्ट, यज्ञ बोगटी लगायतका सांसदहरु उपस्थित हुने आयोजक बोलन्या थली धनगढीका संयोजक यादव जोशीले बताउनु भयो ।

सबै सांसदहरु एकमुखले पश्चिम सेतीमा संसदमा बोलुन भन्ने उदेश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको जोशीले बताउनु भयो ।

सडक आन्दोलन जति नै भएपनि संसदमा कुरा उठाएर दवाव सिर्जना गरेमात्रै माग सम्बोधन हुने जोशीले विश्वास व्यक्त गर्नु भयो ।

युवाहरुले केही समयदेखि काठमाण्डौँमा ‘पश्चिम सेती कहिले बन्छ’ भनेर सडक आन्दोलन गर्दै आएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.