महेन्द्रनगर । पछिल्लो समय अत्यधिक चिशो बढेपछि कञ्चनपुरमा रहेका निजी तथा सामुदायिक विधालयहरुलाई पालिकाले बन्द गर्ने निर्णय गरेपनि विधालयहरुले उक्त निर्णयको अबज्ञा गरेको पाईएको छ । शुक्लाफाँटा नगररपालिका,वेदकोट नगरपालिका,भीमदत्त नगरपालिका र बेलडाँडी गाँउपालिकाले चिशो बढेको भन्दै विदा दिने निर्णय गरेपनि केही निजी तथा केही सामुदायिक विधालयहरु भने निर्वाध रुपमा संचालनमा आएको पाईएको छ ।
भीमदत्त नगरपालिका ४ की महेश्वरी खडकाले यस्तो अत्यधिक चिशो बढेको बेलामा विधालय बन्द भएको भनेर सुचना आई क्दा पनि विधालय संचालनमा आउनु भनेको बच्चाहरु झन बढी बिरामी पर्ने सम्भावना देखिएको बताईन् । ‘सानासाना बालबालिकाहरु सबैभन्दा बढी नर्सरी, एलकेजी लगायतका कक्षामा रहेका हुन्छन् उनिहरुलाई यो चिशोमा बढी समस्या हुने भएकाले ती सामुदायिक विधालयहरु बन्द भएका छैनन्’ उनले भनिन, ‘यो अवस्थामा सबै विधालयहरु बन्द हुनु पर्नेमा त्यो नभएको पाईएको छ’ ।
सबै भन्दा बढी चिशो बिहानको समयमा हुन्छ त्यो बेलामा बच्चाहरुलाई बिहान तयार गरेर विधालयमा पठाउनु पर्ने अवस्था आएको छ चिशो भएर बच्चाहरु विधालय जान मान्दैनन् । वेदकोट नगरपालिकामा रहेका सामुदायिक तथा निजी विधालयहरु प्नि खुलेको पाईएको छ । वेदकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख मन्जु थापाले केही विधालयहरुले पालिकाको निर्णयको अबज्ञा गरेको बताएकी छन् । ‘अहिले चिशो बढेको भएर नै पालिकाले सबै विधालयका प्रधानाध्यापकहरु सँगै बसेर गरेको निर्णय हो, अहिले आएर कसैले बन्द गर्ने कसैले खोल्ने गरेको पाइएको छ’ । उनले भनिन्, ‘केही बिधालयमा परिक्षा संचालनमा रहेको अवस्था छ भने, केही विधालयमा खेलकुद संचालनमा रहेको भएर विधालय संचालनमा आएको हो’ ।
यो विषयमा शुक्रवार सम्बन्धित विधालयका सम्पूर्णलाई प्रधानाध्यापकहरुलाई बोलाएर वैठक गरी छलफल गरिने बताईन् । यता भीमदत्त नगरपालिकाका सुचना अधिकारी हरीसिंह धामीले बिहिवार बिहान १० बजे मात्रै बिधालय बन्दको सुचना बाहिर आयो त्यती बेला सम्म सबै विधालयहरु खुलिसकेको बताए । शुक्रवारदेखी सबै विधालयहरु बन्द हुन्छन भनिरहँदा पनि आईतवार सम्म पनि कतिपय विधालयहरु खुल्ला रहेको पाईएको छ ।
Comments are closed.