महेन्द्रनगर । बडघर भलमन्साले समाजमा शान्ती स्थापनामा महत्वपूर्ण भुमिका निर्वाह गरेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । थारु कल्याण कारीणी सभा कञ्चनपुरले आयोजना गरेको माघी मिलन बधाई तथा शुभकामना कार्यक्रमका सहभागी हरुले उक्त कुरामा जोड दिएका छन् । थारु पहाडी दलित हामी सबैको एकै पहिचान छ, त्यो हो नेपाली त्यसकारण सबैले सबैको पिडामा एकजुट हुनुपर्ने बडघर भलमन्साले जोड दिएका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ को सिंहपुरमा थारु कल्याण कारीणी सभा कञ्चनपुरले माघी मिलन बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको हो ।
थारुहरुको महान पर्व माघीको आउन अब केही दिन मात्र बाँकी रहेको अवस्थामा थारु कल्याण कारीणी सभाले माघी मिलन बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमकी बिशिष्ट अतिथीमा रहेकी सुदूरपश्चिम सभा सदस्य गिता चौधरीले थारु एउटा जाती मात्रै नभएर एउटा बिशिष्ट सभ्यता र ईतिहास पनि रहेको बताईन् । त्यसकाणले यसको पहिचानको सरक्षणमा सबैको समन्वकारी भुमिका रहनुपर्ने औँल्याईन् । बिशेष अतिथीमा रहेका कृष्णपुर नगारपालिकाका नगर प्रमुख हेमराज ओझाले थारुहरुको शुभचिन्तक अन्य समुदायमा पनि रहेको मनन गर्नुपर्ने बताए ।
त्यसकारणले सबै जातजातीले जातियता भन्दा माथी उठनसक्नु पर्ने , र जुन परिवारमा एकता हुन्छ त्यो परिवार समाजमा सम्मानित हुन्छ । त्यसै गरी जुन समुदायमा एकता हुन्छ आपसी मेलमिलाप हुन्छ त्यो परिवार सबै बाटा सम्मानित हुने बताए । यस्ूतै गरी शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण्बहादुर महराले आफनो पालिकाले बडघर प्रणालीलाइृ पारित गरिसकेको र अब त्यसको कार्यान्वयन प्रभावकारी बनाउने चरणमा रहेको बताए । थारुहरु तराईका मुलबासी रहेको बैज्ञानिक पुष्टि भईसकेको बर्दियाको बारबर्दिया नगरपालिकाका पूर्व नगर प्रमुख एवम थारु राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष दुर्गाबहादुर थारुले बताए ।
त्यसो भएको हुनाले थारुहरुमा रहेको बडघर भलमन्सा प्रणाली प्रचिन राजनैतिक संरचना रहेको र प्लेटोको आदर्श राज्य र बडघर प्रणालीलाई राजनिती दर्शनको रुपमा विकसित गरिनु पर्नेमा जोडदिएका छन् । कार्यक्रमकी सभापती तथा थारु कल्याण कारीणी सभा कञ्चनपुरकी अध्यक्ष शानु चौधरीले थारुहरुको पहिचान झल्काउने कतिपय गाँउठाँउहरुको स्थानहरुको अहिले नाम परिवर्तन हुँदै गएको हुँदा त्यसबाट पहिचानको संरक्षणमा चुनौती थपिएको बताईन् । साथै उक्त विषयमा सम्बन्धित निकाय, व्यक्ति संस्था लगायत आम जनमानसको ध्यान जानुपर्ने बताईन् ।