सुदूरपश्चिमका आर्टिस्ट सुरेश कुमार पाल्पाली सम्मानित

महेन्द्रनगर । भीमदत्त नगरपालिका ४ का वरिष्ठ कमर्सियल आर्टिस्ट सुरेश कुमार पाल्पाली उर्फ ‘सुरेश प्रतिक’ लाई सम्मान गरिएको छ । नेपाल ब्यावसायिक कलाकार संघले आफनो २८ औ स्थापना दिवस तथा राष्ट्रिय बिभुती कलाकार अरनीको स्मृती दिवसको अवसरमा सुदूरपश्चिमबाट पाल्पालीले गरेको कार्यको उच्च सम्मान गर्दै नगद धनराशी सहित निर्वाण कला सम्मान २०७९ बाट सम्मानीत गरिएको हो ।

राजधानी बाहिर कला व्यवासाय संचालन गर्दै कला शिक्षक र सुदूरपश्चिममा कला प्रवद्धनको विशेष कार्यक्रम एवम नेपाल ब्यावसायिक कलाकार संघको एक सच्चा सिपाही बनी संघको कार्यक्रमहरु समेत गर्दै त्यस क्षेत्रको कलाको श्रिवृद्धिमा एक नक्षत्रको रुपमा स्थापित कार्यको उच्च मुल्याङकन गर्दै ‘सुरेश प्रतिक’ लाई सम्मानित गरिएको नेपाल ब्यावसायिक कलाकार संघका केन्द्रिय महासचिव भोलानाथ पौड्यालले जानकारी दिएका छन् । यसरी सुदूरपश्चिममा रहेर आर्टको क्षेत्रमा लामो समय सम्म योगदान दिए वाफत नेपाल ब्यावसायिक कलाकार संघले आफुलाई सम्मानित गर्नु भनेको सिंगो सुदूरपश्चिमवासी सम्मानित हुनु रहेको ‘सुरेश प्रतिक’ ले बताए ।

विगत ३ दशकदेखी ‘सुरेश प्रतिक’ आर्टकलामा आवद्ध रहेका छन् । वि.सं २०७२ र २०७७ मा आयोजना गरिएको राष्ट्रियचित्र कला प्रदर्शनी ‘सुरेश प्रतिक’ सुदूरपश्चिमबाट एक्लो प्रदर्शनकर्ता रहेका थिए । उक्त समयमा उनको चित्रले प्रमाणपत्र पाएको थियो । अहिले पनि कञ्चनपुरका बिभिन्न विधालयमा उनले आफुसले बनाएका चित्रहरुको प्रदर्शन गरिरहेका छन् । ‘सुरेश प्रतिक’अहीले कला साहित्य मञ्चका स्थापक अध्यक्ष र सुदूरपश्चिम कलाकार समुहको अध्यक्षमा रहेर कार्य गरिरहेका छन् ।

सम्बन्धित

Comments are closed.