सुदूरपश्चिमका आर्टिस्ट ‘सुरेश प्रतिक’सम्मानित

महेन्द्रनगर । भीमदत्त नगरपालिका ४ का वरिष्ठ कमर्सियल आर्टिस्ट सुरेश कुमार पाल्पाली उर्फ ‘सुरेश प्रतिक’ लाई सम्मान गरिएको छ । नेपाल ब्यावसायिक कलाकार संघ केन्द्रिय कार्यालय काठमाण्डौले आफनो २८ औ स्थापना दिवस तथा राष्ट्रिय बिभुती कलाकार अरनीको स्मृती दिवसको अवसरमा सुदूरपश्चिमबाट ‘सुरेश प्रतिकले गरेको कार्यको उच्च सम्मान गर्दै नगद धनराशी सहित निर्वाण कला सम्मान २०७९ बाट सम्मानीत गरिएको हो ।

राजधानी बाहिर कला व्यवासाय संचालन गर्दै कला शिक्षक र सुदूरपश्चिममा कला प्रवद्धनको विशेष कार्यक्रम एवम नेपाल ब्यावसायिक कलाकार संघको एक सच्चा सिपाही बनी संघको कार्यक्रमहरु समेत गर्दै त्यस क्षेत्रको कलाको श्रिवृद्धिमा एक नक्षत्रको रुपमा स्थापित कार्यको उच्च मुल्याङकन गर्दै ‘सुरेश प्रतिक’ लाई सम्मानित गरिएको नेपाल ब्यावसायिक कलाकार संघका केन्द्रिय महासचिव भोलानाथ पौड्यालले जानकारी दिएका छन् । यसरी सुदूरपश्चिममा रहेर आर्टको क्षेत्रमा लामो समय सम्म योगदान दिए वाफत नेपाल ब्यावसायिक कलाकार संघले आफुलाई सम्मानित गर्नु भनेको सिंगो सुदूरपश्चिमवासी सम्मानित हुनु रहेको ‘सुरेश प्रतिक’ ले बताए ।

विगत ३ दशकदेखी ‘सुरेश प्रतिक’ आर्टकलामा आवद्ध रहेका छन् । वि.सं २०७२ र २०७७ मा ललित कला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय चित्र कला प्रदर्शनीमा सुदूरपश्चिमबाट ‘सुरेश प्रतिक’ एक्लो प्रदर्शनकर्ता रहेका थिए । उनि उक्त समयमा सुदूरपश्चिमबाट उत्कृष्ठ हुँदै राष्टिय स्तरमा छनौट भएका थिए । अहिले पनि कञ्चनपुरका बिभिन्न विधालयमा उनले आफुले बनाएका चित्रहरुको प्रदर्शन गरिरहेका छन् । ‘सुरेश प्रतिक’अहीले कला साहित्य मञ्चका स्थापक अध्यक्ष र सुदूरपश्चिम कलाकार समुहको अध्यक्षमा रहेर कार्य गरिरहेका छन् । विगतमा पनि उनको कार्यको प्रशंसा गर्दै राष्टिय तथा सुदूरपश्चिममा रहेका बिभिन्न कलाको क्षेत्रमा कार्य गरेका संघसंस्थाहरुले सम्मान गरिसकेको छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.