कञ्चनपुरमा लागु औषधसहित एक जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा प्रहरीको सक्रियता बढेपछि लागुऔषध प्रयोगकर्ता तथा व्यापारीहरु धमाधम पक्राउ पर्न थालेका छन् । आईतवार पनि लागु औषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ७ बाट लागु औषधसहित ४२ वर्षीय गणेशसिंह भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले सोहि स्थान घर भएका भण्डारीबाट ३७ वटा एम्पुल नामक लागु औषध फेला परेको जनाएको छ। एम्पुलसहित पक्राउ परेको भण्डारीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सम्बन्धित

Comments are closed.