महेन्द्रनगर । कञ्चनपुर लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा अहिले बढदै गईरहेको चिशोले जनजिवन प्रभावित भएको छ । कञ्चनपुरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा अहिले चिशोका कारण बिरामी हुनेको संख्या बढेपछि अहिले अस्पतालमा चाप पनि बढेको छ ।
भीमदत्त नगरपालिका १८ का अभी सिनालले आफनो बज्यैलाई उपचारको लागि अस्पतालमा ल्याएको बताए । चिशोमा ७० वर्षका आफनो बज्यैलार्य अचानक स्वास्थ्यमा समस्या देखिए पछि राती नै अस्पतालमा पुय्राएर उपचार गराएको उनले बताए । आफुलाई पनि चिशोले गर्दा रुघाखोकी लागेको र आफनो पनि उपचार गराउनु पर्ने उनले बताए । आफनो बज्यैलाई दमको समस्या भएपछि चिशोमा बढ िस्वासप्रस्वासमा कठिनार्य हुने उनले बताए ।
दैनिक अहिले २ सय देखी ३ सयको हाराहारीमा बिरामीहरु आउने गरेकोमा चिशोका बिरामीहरु ५० देखी ६० जना उपचारका लागि अस्पतालमा आउने गरेको महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट डाक्टर अर्जुन भट्टले जानकारी दिएका छन् । चिसोले गर्दा दम, निमोनिया, रुघाखोकीजस्ता मौसमी बिरामीको सङ्ख्या बढेको छ । उनले भने, ‘चिसो सुरु भएदेखि दम, निमोनियाजस्ता मौसमी बिरामीको चाप बढेको छ’, उनले भनिन, ‘मङ्सिरमा मात्रै चार हजारभन्दा बढी र पौष महिनाको २४ गते सम्म १५ सय बढी बिरामीहरुको उपचार भएको छ’ । अस्पताल आउनेमा बढीजसो दम, निमोनिया र रुघाखोकीजस्ता मौसमी बिरामी भएको उनले बताए ।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर भट्टले चिसो बढेपछि बिरामीको सङ्ख्या पनि बढेकाले चिसोबाट बच्न आग्रह गरेका छन् । चिसोबाट बच्न मनतातो पानीका साथ झोलयुक्त पदार्थ खाने र न्यायो ठाउँमा बस्ने गर्नुपर्दछ । चिसोमा भाइरस सक्रिय हुन्छ यसले गर्दा बूढापाकामा बढी समस्या बल्झिने हुन्छ’, डा भटृले भने, ‘चिसोमा मष्तिस्काघात हुने सम्भावना हुने भएकाले बिरामीले नियमित औषधि सेवन गरिराख्नुपर्छ ।
Comments are closed.