महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको श्री बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडले आफनो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बिहिवार वेदकोट नगरपालिका ७ मा सुडा टाउन खानेपानी उपभोक्ता तथा सरसफाई समीतीको प्राङगणमा आफनो प्रथम साधारण सभाको आयोजना गरेको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथी तथा वेदकोट नगरपालिकाकी नगर उपप्रमुख तुलसी जोशीले उक्त शहकारीलाई अगाढी बढाउनको लागि सदैव सक्रिय ढंगबाट सकारात्मक ढंगबाट सहयोगी भुमिका खेल्ने हातहरुलाई हार्दिक धन्यवाद नमन रहेको बताईन् । २०६० साल देखी १५ देखी १६ जना महिलाहरुले ५ रुपैँया जम्मा गरे बैजनाथ भजन कृतन समुह विस्तार गर्दै आएको अवस्थामा बिचबिचमा धेरै चुनौती हरुलाई पार गर्दै आएर अहिले शसश्क्तरुपमा बलियो महिला सहकारीको रुपमा प्रदेशमा आफनो उच्च नाम राख्न सफल भएको मा गर्व महशुस भएको बताईन् ।
आफनै ठाँउमा रहेको महिला दिदिबहिनीहरुको पनि आर्थिकमा पहुँच पुय्राउनको लागी र सानो रकमको लागि अरुसँग हात फैलाउन नपरोस भन्ने उदेश्यश्ले निर्माण गरिएको यो शहकारीले अहिले आफुलाई सक्षम सबल रुपमा प्रस्तुत गर्नु भनेको यो क्षेत्रका महिलालाई सबल बनाउनु रहेको आफुले महसुस गरेको जिकिर गरिन् । विगतका दिनमा पनि आफुले जन्माएको यो सहकारीलाई यहाँ रहेका महिला दिदिबहिनीहरुको विकास तथा उनिहरुलाई पनि आर्थिकरुपमा सबल बनाउने उदेश्यले बुँदबुँद एकतृत गरेर शागर बनाउने यो अभियानमा सबैले हातेमाले गरे मात्रै सकारात्मक तथा न्यायोचित तवरले अगाढी बढ्यो भने सबैको भलो तथा उन्नती हुने बिचार प्रकट गरिन् ।
साथै झुटले कहिले पनि कसैको भलो नहुने तथा सत्यको ढिलो भएपनि विजय निश्चित भएकोले सबै सदस्यहरुले ईमान्दारिता पूर्वक कार्य गर्न पनि आग्रह गरिन् । कार्यक्रमका सभापती तथा सहकारीका अध्यक्ष मन्जुदेबी सिंहले यो आजको दिन महिलाहरुको लागि उत्सव रहेको बताईन् । धेरै चुनौती बाधा अवरोधका बिचमा पनि एउटा सफल सहकारी भएर उदयमान भएको प्रती सम्पूर्ण शेयर सदस्य कर्मचारी, लगयात बिभिन्न संघसंस्था, वडा , पालिकाहरुले गरेको सहयोगको उच्च मुल्याङकन रहेको बताईन् ।
“आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी” भन्ने मुल नाराका सुाथमा २०७८ सालमा १०६ जना सदस्य बाट २१ लख १८ हजार ७ सय रकम संकलन गरी संचालनमा रहेको यो सहकारीले अहिले १८२ निक्षेप शेयर सदस्य, लगभग ११ सय बढी शेयर सदस्य रहेको उनले जानकारी दिईन् । साथै आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्मको शेयर पूँजी २८ लाख ४४ हजार ३ सय रहेकोमा अहिले वृद्धि भएर ३२ लाख २३ हजार ३ सय पुगेको छ । यसैगरी आर्थिक वर्ष २०७८/७९९ पौष सम्म कर्जा लगानी ९९ लाख १७ हजार ७ सय ३८ रहेको छ भने, आर्थिक वर्ष २०७८/७९ पौष सम्मको कर्जा असुली ५२ लाख १० हजार ७ सय ८५ रहेको अध्यक्ष सिंहले बताईन् ।
आर्थिक वर्ष २०७८/७९ पौषसम्म बाँकी कर्जा ४७ लाख ६ हजार ९ सय ५२ रहेको छ । यो सँगै सहकारीले आफनो सामाजिक उत्तरदायित्व अन्र्तगत समाज विकास कल्याण कोषद्धारा शेयर सदस्य मृत्यु पश्चात आश्रित परिवारलाई राहत स्वरुप ५ हजार बाढी पिडित परिवारलाई ५ हजारगरी १० हजार रुपैँया सहयोग गरेको पाईएको छ । यसैगरी उक्त सभाले कार्यवाहक अध्यक्षकोरुपमा कार्यरत रहेकी अध्यक्ष मन्जुदेबी सिंहलाई अनुमोदित गरेको छ । यसैगरी रिक्त रहेको उपाध्यक्ष पदमा देवकी पाण्डेय, सचिवमा दिपा शर्मा, सदस्यमा मन्टी चौधरी, र आमन्त्रित सदस्यमा रेखा पन्तलाई चयन गरिएको छ ।
Comments are closed.