सामुदायिक पशु चौपायले भोकै बनायो, पालिकाले लाखौ रकम सिध्यायो

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा शुक्रवार स्थानिय किसानहरुले आन्दोलन गरेका छन् । सामुदायिक पशु चौपायाहरुले आफनो अन्न, तरकारीहरु सबै खाईदिएको भन्दै उनिहरुले सडकमा रहेका पशु चौपायाहरुलाई नगरपालिकामा ल्याएर हुल्न खोजेपनि सुरक्षाकर्मीहरुले भित्र हाल्न दिएका थिएनन् पछि ति सबै पशु चौपायाहरुलाई नगरपालिकाको अगाढी खुल्ला चौरमा राखिएको छ ।

केही बेर स्थानिय किसान तथा प्रहरीहरुको बिचमा नगरपालिका भित्र जानको लागि घम्साघम्सी समेत भएको थियो । भीमदत्त नगरपालिका २, ५,६, ७, १८ लगायतका किसानहरुले पशुचौपायाहरुलाई नगरपालिकामा ल्याएका हुन् । भीमदत्त नगरपालिका २ की स्थानिय किसान जानकी बोहराले सुखासाल, गड्डाचौकी, भुजेला, ऐठपुर लगायतको क्षेत्रबाट सबै पिडित किसानहरुले पशु चौपायालाई नगरपालिकाले व्यवस्थापन गरिदिन्छ की ? भनेर आज पालिकामा आएको बताईन् ।

‘अब गहुँ हुदैँछन प्रत्येक वर्ष यसरी नै हामी किसानहरुले पिडा खेप्नु पर्ने अनाज तरकारीहरु भित्राउन नपाउने नगरपालिकाहरुले लाखौ रुपैँया खर्च मात्रे गर्ने तर समस्या जस्ताको त्यस्तै रहने यो कस्तो व्यवस्थापन हो’ । उनले भनिन, ‘यो चिशो रातमा रातभर जाग्राम बस्नु पर्ने गाई गोरु धपाउनको लागि चिशोमा बिरामी भएर पनि जाग्नु पर्ने समस्याको समाधान कहिले भएन सधैको समस्या हो यो हामी किसानहरु मारमा पर्ने सरकारले कानमा तेल हालेर बस्ने’ ।

चुनावको समयमा यो समस्या पुरै समाधान गर्ने भनिए पनि अहिले आएर गहुँ भईरहेका छन् सबै पशु चौपायाले खायो भने हामीले भोकभोकै मर्नुपर्ने नेताहरुले मज्जाले आफनो नियम ऐन मात्रै बनाउने काम कहिले गर्ने ? भीमदत्त नगरपालिका ६ सुखासाल की पुष्पा चन्दले बताईन् । सबै भन्दा बढी पिर मर्कामा हामी गरिब किसान रहेका छौ, तारबरा हाल्न सकिँदैन् पशु चौपायाले गर्दा वर्ष भरी खाने अन्न पनि भित्राउन नपाए पछि के खाने ? समस्या भयो नी तर समस्या को समाधान भएन रातभर नसुतेर उठेर पशु चौपायको चौकिदारी गर्नु पर्ने हुन्छ । गहुँ भई रहेकाछन् मजदुरी गरेर कमाएको पैसाले जोत्नु पर्ने मलखाद हाल्नु पर्ने र यती भई सकेपछि सरकारले पनि हामी किसानको पिरमर्का पनि बुझिदिनु पर्ने हो ।

तर भएको छैन त्यही भएर आज आन्दोलनमा आउनु परेको उनिहरुले बताएका छन् । यता भीमदत्त नगरपालिकाका नगर प्रमुख महेन्द्र खडकाले १ हप्ता भित्रै समस्याको समाधान गरिने बताए । नगरमा रहेको सामुदायिक चौपाया (छाडा चौपाया) को समस्या समाधानका लागि सम्भावित जग्गा खोज्न गठित समितिले नगरप्रमुख पदम बोगटीलाई प्रतिवेदन बुझाएको उनले बताए ।

बुधबार सम्पन्न नगर कार्यपालिकाको बैठकमा गौमाता तथा नंदी (छाडा चौपाया) व्यवस्थापनका लागि सम्भावित जग्गा खोज्न गठित समितिका संयोजक वडा नं. १३ का वडाध्यक्ष रामचन्द्र बोहराले नगरप्रमुख बोगटीलाई प्रतिवेदन बुझाएका हुन् । समितिले नगर क्षेत्रभित्र रहेका विभिन्न ७–८ ठाउँका सार्वजनिक जग्गामा तारबार गरि गौमाता तथा नंदी व्यवस्थापन गर्न सकिने प्रतिवेदनमा उल्लेख गरेको छ । केहि दिन पहिले नगरप्रमुख पदम बोगटीेको अध्यक्षतामा बसेको बैठकले गौमाता तथा नंदी व्यवस्थापनका लागि सम्भावित जग्गा खोज्न वडा नं. १३ का वडाध्यक्ष रामचन्द्र बोहराको अध्यक्षतामा वडा नं. १६ का वडाध्यक्ष केशव सिंह विष्ट,१४ का वडाध्यक्ष भोजराज जोशी,७ का वडाध्यक्ष गणेश चन्द, ३ का वडाध्यक्ष गगन सिंह धामी, ९ का वडाध्यक्ष गगन सिंह कार्की, १९ का वडाध्यक्ष जागुराम चौधरी र १८ का वडासदस्य सीता भण्डारी सदस्य र अमिन गंगादत्त जोशी सदस्य सचिव रहने गरि समिति गठन गरिएको थियो ।

उक्त समितिलाई प्रत्यक ३÷४ वडाहरुका चौपाया एक ठाउँमा व्यवस्थापन गर्न सकिने सम्भावित जग्गा खोज्न जिम्मेवारी दिइएको थियो । कञ्चनपुरका स्थानीय सरकारले छाडा पशु चौपाया व्यवस्थापनमा करोडौँ रकम खर्च गर्दा समेत समस्या समाधान भन्दा पनि जस्ताको तेस्तै छ । अधिल्लो स्थानीय सरकारले ५ बर्ष र अहिलेको नयाँ सरकारले ६ महिनाको अवधिमा झण्डै ४ करोड २१ लाख २७ हजार रुपैया छाडा पशु चौपाया व्यवस्थापनका नाममा खर्च गरिसकेका छन । तर, छाडा पशुको समस्या हटेको छैन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.