महेन्द्रनगर । कञ्चनपुर ट्याक्टरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–७ लालपुरमा ट्याक्टरको ठक्करले एक साइकलयात्रीको मृत्यु भएको हो ।
शनिबार करिब बेलुकी ५ बजेतिर ट्याक्टरले ठक्कर दिँदा बेदकोट नगरपालिका–१ की करिब २२÷२३ वर्षकी तारा मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पश्चिमबाट पूर्व तर्फ गइरहेको ट्याक्टरले ती युवतीलाई ठक्कर दिएको थियो । ट्याक्टर चालक फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
Comments are closed.