महेन्द्रनगर । कञ्चनपुरमा अपाङगता अधिकार र नेतृत्व विकासको लागि २ दिने तालिमको सुरुवात गरिएको छ । सुदूरपश्चिम समोवेशी अपाङगता संघको आयोजना तथा एबिलिस फाउन्डेसनको सहयोगमा जिल्लामा रहेका नौ वटा पालिकाबाट १५ जना अपाङगता भएका महिला तथा पुरुषहरुलाई उक्त तालिमको आयोजना गरिएको हो ।
कार्यक्रमको सभापतिमा सुदूरपश्चिम समोवेशी अपाङगता संघकी अध्यक्ष मानमती भट्टले गरेकी थिईन भने, प्रमुख अतिथीमा सुदूरपश्चिम विस्व विधालयका उपप्रध्यापक डा. यज्ञराज पाण्डेयले नेतृत्वको प्रकार नेतृत्व सम्बन्धीविषयमा जानकारी प्रदान गरेका थिए ।
यस्तै कार्यक्रमको विशिष्ट अतिथीमा राष्टिय अपाङग महासंघ सुदूरपश्चिमका पूर्व अध्यक्ष उपेन्द्र खडायतले गम्भिरताको आधारमा अपाङगता परिचयपत्रको प्रक्रिया कार्डको बारेमा जानकारी दिएका थिए । अपाङगताको परिभाष तथा वर्गिकरण संघका कोषध्यक्ष पार्वती कुमार िविष्टले गरेकी थिईन् ।
Comments are closed.