सामुदायिक चौपायाहरुको दिगो व्यवस्थापन गर्न कानुनको निर्माण गरिनु पर्नेमा जोड

महेन्द्रनगर । सुदूरपश्चिमका तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा रहेको सामुदायिक पशु चौपायाहरुको दिगो व्यवस्थापन गर्ने प्रदेश स्तरिय कानुनको निर्माण गरिनु पर्ने, उत्पादनसंग जोडिनु पर्ने एक कार्यक्रमका सहभागीहरुले औँलाएका छन् ।

जिल्ला समन्वय समिती कञ्चनपुरले आयोजना गरेको गौमाता तथा नन्दी (सामुदायिक चौपाया) व्यवस्थापन गर्ने सम्बन्धमा सर्वपक्षिय सर्वदलिय बैठक तथा छलफल अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सामुदायिक पशु चौपायाहरुलाई दिगो व्यवस्थापन गर्नको लागी सबै पालिकाले आआफनो क्षेत्रबाट सबैले मिलेर व्यवस्थापन गर्नुपर्ने बताए ।

उक्त कार्यक्रममाभीमदत्त नगरपालिका, वेदकोट गरपालिका शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाका प्रमुख वडा अध्यक्षहरु लगायत अधिकारकर्मी पत्रकार, राजनैतिक दलकाका प्रतिनिधीहरु, वुद्धिजिवि, समाजसेवीहरुको उपश्थिती रहेको थियो । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खडकाले सामुदायिक पशु चौपाया व्यवस्थापनमा बिभिन्न चुनौती रहेको बताए ।

कतिबेला समुदायबाट अडचन आउँछ, त कतिबेला कानुन पनि बाधा अबरोध भएर आउँने भएकोले दिगो रुपमा व्यवस्थापन गर्न समस्या भएको बताए । समुदायमा गौशाला निर्माण गर्दा समुदायले बनाउन नदिने त्यस्तै गरेर कानुनले पनि बनजंगल नजिक गौशला निर्माण गर्न नदिएर नै समस्या भएको बताए । साथै नगर प्रमुख पदम बोगटी नेतृत्वको टोलीले चौपाया व्यवस्थापनका लागि सम्भावित जग्गाको निरिक्षण पनि गरेको छ । गत बुधवार चौपाया व्यवस्थापनका लागि सम्भावित जग्गा खोज्न गठित समितिले बुझाएको प्रतिवेदनमा उल्लेखित सम्भावित जग्गा एवम् क्षेत्रहरुको (मंगलबार) नगर प्रमुख बोगटीले स्थलगत निरिक्षण गरेको उनले बताए ।

यदी भीमदत्त नगरपालिकाले लिखित रुपमा ठाँउ देखाएर निर्देशन दिएको खण्डमा आफुहरुले काम गर्ने वडा अध्यक्षहरुले उदघोष गरेका छन् । साथै यो सझा समस्या को रुपमा रहेकोले सबै पालिकाले आआफनो ठाँउमा समाधान गरियो भने, र प्रदेशबाट पनि नितिगत रुपमा कानुन निर्माण भयो भने संयुक्त रुपमा दिगो तवरमा सामुदायिक पशु चौपाया व्यवस्थापन हुन सक्ने सहभागी हरुले बताए ।

साथै पशु चौपाया छाडा छोडनेलाई कडा रुपमा कारवाही हुनु पर्ने र राम्रो तवरले पशुचौपाया पाल्ने किसानलाई अनुदान दिने निती तथा निशुल्क रुपमा पशु बिमा गरिने प्रोत्साहन दिने खालको योजना लागु गरिनु पर्ने सहभागीले बताए । यस्तै वेदकोट नगरपालिकाका नगर प्रमुख भोजाज बोहराले यो सामाजिक समस्या भएकाले यसकोृ नेतृत्व स्वयम पालिकाले लिएर दिगो व्यवस्थापनमा सबैले हातेमालो गर्ने तथा सकारात्मक धारणा राखेर कामको सुरुवात गर्नुपर्ने बताए । जस्ले गाईले आमा मान्छ उसले निस्वार्थरुमा उसको सेवा गर्नुपर्ने बताए ।

आफुहरुले पशुचौपाया व्यवस्थापनको लागि १२ विगाहा जनिक खोजेर गाई व्यवस्थापनको कामको सुरुवात गरिरहेको बताए । कञ्चनपुरको स्थानीय तहको अघिल्लो सरकारले ५ वर्ष र अहिलेको नयाँ सरकारले ६ महिनाको अवधिमा चार करोड भन्दा बढी खर्च गरिसकेका छन् । तर छाडा पशु चौपायाको समस्या हटेको छैन ।.कञ्चनपुरमा छाडा पशु चौपायाको समस्या झनझन विकराल बन्दै गएको छ । राजमार्ग क्षेत्रदेखि किसानका खेतबारीसम्मै छाडा पशु चौपायाको बिगबिगी छ । आर्थिक वर्ष २०७४।०७५ देखि चालु आर्थिक वर्ष ०७९।०८० को हालसम्ममा कञ्चनपुर जिल्लाका नौ पालिकाहरू मध्ये बेलौरी र पुनर्वास नगरपालिका बाहेक बाँकी सात पालिकाहरूले साढे पाँच वर्षको अवधिमा चार करोड भन्दा बढी खर्च गरे पनि प्रभावकारी उचित व्यवस्थापन नहुँदा छाडा पशु चौपायाको समस्या ज्युँका त्युँ छ ।

यस अवधिमा शुक्लाफाँटा नगरपालिकाले १ करोड ८० लाख, वेदकोट नगरपालिकाले १ करोड २१ लाख, भीमदत्त नगरपालिले ९१ लाख ५० हजार, दोधाराचाँदनी नगरपालिकाले ८५ लाख ७७ हजार, बेलडाँडी गाउँपालिकाले २८ लाख, कृष्णपुर नगरपालिकाले २२ लाख र लालझाडी गाउँपालिकाले ८ लाख रकम खर्च गरिसकेका छन् । स्थानीय तहहरूले बनाएका कान्जी हाउसहरूमा समेत पशु चौपायाको बेहाल छ । दैनिक रोग र भोक प्यासले पशु चौपाया मरिरहेका छन् ।

सम्बन्धित

Comments are closed.