बैतडीको झुलाघाटमा एक पुरुषको मृत्यु

महेन्द्रनगर । बैतडीको झुलाघाटमा अचेत अवस्थामा भेटिएका एक पुरुषका मृत्यु भएको छ । प्रहरीका अनुसार बिहिवार दिउसो १ बजेको समयमा झुलाघाटको बसपार्कमा अचेत अवस्थामा भेटिएका दशरथचन्द नगरपालिका ४ जर्कका अन्दाजी ३३ वर्षीय भरत चन्दको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

उपचारका लागि जिल्ला अस्पताल ल्याइएकोमा करिब २ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए । मृतक चन्द रोजगारीको सिलसिलामा भारतमा रहेको र आज घर फर्किने क्रममा यो घटना घटेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.