महेन्द्रनगर । कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा गम्भिर घाईते भएका २ मध्ये एक जनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका १२ को रातापानी सामुदायिक वनमा शुक्रबार बिहान से १ त ६१९३ नम्बरको ट्रयाक्टर दुर्घटना भएको थियो ।
ट्रयाक्टर दुर्घटना हुँदा कञ्चनपुर पुनर्वासका ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । चौधरीको ट्रयाक्टरको इन्जिनमा च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।
उनी सहचालक हुन् । दुर्घटनामा ट्रयाक्टर चालक पुनर्वास नगरपालिका १० का ४१ वर्षीय सत्तु राना गम्भीर घाइते भएका छन् । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरमा गम्भीर चोट लागेको छ । गोदावरीबाट ढुङ्गा ल्याउन जादै गरेको अवस्थामा अनियन्त्रित भएर ट्रयाक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Comments are closed.