कञ्चनपुरको सालघारीमा निर्माण गरिएको ईकोपार्कमा सरसफाई नहुँदा समस्या

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ४ का स्थानिय गणेश भट्ट सधै बिहान ५ बजे सालघारीमा निर्माण गरिएको ईकोपार्कमा कसरत गर्न जान्छन् । पछिल्लो समय पार्कमा फोहर बढदै गएपछि त्यँहा उनले कसरत गर्नको लागि उचित वातावरण नभएको बताए ।

‘हरेक बिहान म जस्तै अन्य महिला पुरुष बालबालिकाहरु पनि यो ईको पार्कमा आउँछन कसरत गर्न, योग गर्न तर यहाँ भएको फोहरले अथवा सफाई नभएको कारणले बिहान कसरत गर्न पनि समस्या भएको छ’ । उनले भने, ‘त्यँहा कसरत गर्न आउनेहरु पनि मुख खुम्चाएर नै कसरत गर्दछन् सरसफाई छैन फेरी उक्त ठाँउ ईको पार्क बनाउनको लागि उपयुक्त होईन यदी बनाई हाल्यो भने सफाई गरेर पुर्ण तयारी गरेर निर्माण गरिनुपर्ने हा’े ।

अहिले लाखौ रुपैँया खर्च गरेर निर्माण गरिएको ईको पार्कमा सरसफाई नहुँदा बिहान आफनो स्वास्थ्यलाई निरोगी बनाउन कसरत गर्न आउने स्थानियहरु बिरामी पर्ने डर रहेको अर्का स्थानिय कमल विष्टले बताए । ‘पार्क बनाएकोमा धन्यवाद तर त्यसको उचित सम्भार सरसफाई पनि गर्नुपर्ने होईन फेरी निर्माण गर्दाखेरी नै त्यँहा फोहर थियो जुन अहिले सम्म सफाई भएका छैन्न’ । उनले भने, ‘अहीले पनि हेर्नु भयो भने चारै तिर घाँस छन नजिकै फोहर नाला छ, त्यसको पहिला नै योजना बनाउँदा खासै राम्रो योजना नबनाएर नै निर्माण गरिएको जस्तो देखियो’ ।

ईकमो पार्क भनेको नै सरसफाई नया वृक्षारोपण फुलहरु हुनु पर्ने हो तर उक्त पार्कमा ति सबै कुराहरुको अभाव रहेको पाईएको उनले बताए । बिहान कसरत गर्न आउने घुम्न आउने स्थानियहरुको स्वास्थ्य राम्रो होस भनेर नै पार्क निर्माण गरिने हो तर उक्त पार्कमा त्यस्तो नभएको पाइएको छ ।

यता भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खडकाले उक्त पार्क निर्माणाधिन अवस्थामा रहेकोले काम हुन बाँक्ी रहेको अवस्थामा फोहर भए सरसफाई कर्मी लगाएर पार्कलाई सफाई गर्ने बताए साथै उक्त पार्कमा चाहिने थप बजेटको लागि केन्द्रमा पनि पहल भईरहेको उनले बताए ।

सम्बन्धित

Comments are closed.