महेन्द्रनगर । कास्कीको पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका महेन्द्रनगरका आमा छोराको अन्त्यष्टि गरिएको छ । भीमदत्त नगरपालिका–४ का सुष्मा भट्ट र उनका कान्छा छोरा श्लोकको शव शुक्रबार बेलुका काठमाडौंँबाट महेन्द्रनगर ल्याइएको थियो ।
शनिबार महाकाली आर्यघाटमा हिन्दु परम्परा अनुसार उनीहरुको दाहसंस्कार गरिएको पारिवाररिक स्रोतले जनाएको छ । गत आइतबार काठमाडौंबाट पोखरा जादै गर्दा उनीहरु सवार यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिकै सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनमा चालक दलका ४ सहित ७२ जनाले ज्यान गुमाएका थिए ।
Comments are closed.