महेन्द्रनगर । वेदकोट नगरपालिका १ हात्तीथलामा रहेको लोकल कुखुरा फार्ममा गएराती आगलागी हुँदा लाखौका कुखुरा जलेर नष्ट भएका छन् । शुक्रवार राती अन्दाजी ९ बजेतीर विजुलीको लाईन सर्ट भएर स्थानिय कुखुरा व्यावसायी लोकेन्द्र बोहराको लोकल कुखुरा फार्ममा आगलागी हुँदा लगभग १० लाखको कुखुरा,खोर लगायत अन्य सामग्री जलेर नष्ट भएको छ ।
ऋण निकालेर देशमै केही गर्नुपर्छ भनेर कुखुरा पालनको थालनी गर्दा एक्काशी भएको आगलागीले आफनो सर्वाेस्व गुमेको उनले दुखेशो पोखे,शनिवार पालिकाका उपप्रमुख तुलसी जोशीले स्थलगत अनुगमन गरी पिडित परिवारलाई सान्त्वना दिएर आफनो पालिकाले गर्ने आर्थिक सहयोगमा पहल गर्ने साथै प्रदेश सरकारलाई पनि सहयोगको लागि समन्वय भुमिका निर्वाह गर्ने प्रतिवद्धता दिईन् ।
Comments are closed.