सरस्वती र शिवशक्ती ग्रामिण विधुत सहकारी लिमिटेडको वार्षिकोत्सव सम्पन्न

महेन्द्रनगर । वेदकोट नगरपालिका ५ धरमपुरमा रहेको सरस्वती ग्रामिण विधुत सहकारी लिमिटेडले आफनो १६  औ वार्षिकोत्सव तथा सोही वडामा रहेको शिवशक्ति ग्रामिण विधुत सहकारी संस्थाले आफनो १४ औ वार्षिक साधारण सभा तथा पाचौ अधिवेशन सम्पन्न गरेको छ । २०६३ सालमा स्थापना भएको सरस्वती ग्रामिण विधुत सहकारी लिमिटेड सहकारीले ५ सय ८८ घरधुरीलाई विधुत उपलब्ध गराउदै आएको छ । भने ५ सय ६ जना शेयर सदस्य रहेको छ ।

८ रुपैँया प्रती युनिट विधुत उपभोग गरे वाफत रकम लिने गररेको र ३० रुपैँया सेवा शुल्क लिने गरेको सहकारीका अध्यक्ष तथा वडा नम्वर ५ का अध्यक्ष चित्रदेव भट्टले जानकारी दिएका छन् । स्थापना कालमा डेनिडा कम्पनीले ३९ लाखमा संस्थाको विधुत संरचना तथा सर्विस लाईनको कार्य सम्पन्न गरी कम्पनी र नेपाल सरकारको सम्झौता अनुसार ७ हजार २ सय प्रती परिवार अनुदान कट्टी गरी बाँकी रहेको १६ लाख २५ हजार ५ सय ५४ रुपैँया संस्थाको रिण दायित्व कायम राखी बत्ती चार्ज गरेको संस्थामा २ लाख ९९ हजार ३ सय १० भुक्तानी गरी बाँकी १३ लाख २६ हजार २ सय ४४ रहेको छ ।

साथै आ.व २०७८÷७९ मा नेपाल विधुत प्राधिकरणबाट जम्मा २ लाख ९२ हजार ३ सय ४४ युनिट खरिद गरी जम्मा २ लाख ७६ हजार १ सय ६१ इुनिट विधुत बिक्री गर्दै आएको छ । आ.व २०७७ ÷७८ मा ३४ लाख ६५ हजार ७९ रुपैँया आम्दानी रहेको छ भने, २१ लाख ४५ हजार ४ सय ९८ रुपैँया मौज्दात रहेको छ । आ.व २०७८ ÷७९ मा आम्दानीमा ३८ लाख ७ हजार १२ रुपैँया रहेको छ भने बैंक मौजदातमा १८ लाख ६४ हजार ९ सय ६ रुपैँया रहेको छ भने नगद मौज्दातमा १ लाख ३२ हजार ७ सय ८४ रुपैँया रहेको छ ।

कार्यक्रमको प्रमुख अतिथीमा वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले अध्याारोलार्य उज्यालो तर्फ लैजाने सहकारीलाई आफनो पालिकाबाट के कसरीसहयोग गर्न सकिन्छ आफु तैयार रहेको र समुदायले पनि यो सहकारीका निर्मित सबै संरचना आफनो भएको महसुुस गर्नुपर्ने र अनि मात्रै सहकारी तथा स्थानियहरुको आर्थिक वृद्धि हुने बताईन् । साथै साहेी वडामा रहेको शिवशक्ति ग्रामिण विधुत सहकारी संस्थाले आफनो १४ औ वार्षिक साधारण सभा तथा पाचौ अधिवेशन सम्पन्न गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथीमा वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले सहकारीमा रहेका सदस्यहरुले परनिर्भर नभएर आयआजैनमा पनि ध्यान दिने समयममा रिणतिर्ने महशुल दिने र सहकारीलाको दिगो विकासको लागि सबैले एकसाथ समन्वय गरेर अगाढी बढनु पर्ने बताईन साथै सहकारीको विकासको लागि आफुले सदैव प्रतिबद्ध रहेको बताईन् । साथै मानबहादुर विष्टको अध्यक्षतामा रहेको समितीलाई नै निरन्तरता दिने निर्णय सर्वसहमतीबाट पारित गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.