महेन्द्रनगर । वेदकोट नगरपालिका वडा नम्वर ३ मा ६ महिने सिपमुलक विधुत जडान कार्यक्रम सम्पन्न भएको छ । व्यवसायिक तथा सिप विकास तालिम केन्द्र र वेदकोट नगरपालिका ३ नम्वर वडको संयुक्त आयोजनामा संचालित रहेको उक्त कार्यक्रमको प्रमुख अतिथीमा नगर उपप्रमुख तुलसी जोशीको रहेको थियो ।
यसैगरी वडा अध्यक्ष मोहन बहादुर गुरुधामी कार्यक्रमको भिापतित्व ग्रहण गरेका थिए भने, बिशिष्ट अतिथीमा व्यवसायिक तथा सिप विकास तालिम केन्द्र महेन्द्रनगर कञ्चनपुरका प्रशिक्षक शिवराज भट्टले गरेका थिए । उक्त शिपमुलक तालिममा वडामा रहेका १७ जना वेरोजगार युवाहरुले तालिम पाएको वडाले जनाएको छ ।
कार्यक्रमको प्रमुख अतिथीमा नगर उपप्रमुख तुलसी जोशीले तालिमलाई तालिमको रुपमा मात्रै नलिएर आफनो जिवनमा लागु गरी व्यावसयिक तवरले प्रयोग गरी अन्य युवाहरुलाई पनि आफनो सिप हस्तान्तरण गर्ने खालको हुनुपर्ने बताईन् ।
Comments are closed.