बैतडीमा १६ प्रतिशत नागरिक खानेपानीको पहुँच बाहिर

महेन्द्रनगर । बैतडीमा १६ प्रतिशत नागरिक खानेपानीको पहुँच बाहिर रहेका पाइएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका अनुसार जिल्लाको १६ प्रतिशत नागरिक अझै खानेपानीको पहुँच बाहिर रहेको पाइएको हो ।जिल्लाको ८४ प्रतिशत नागरिक खानेपानीको पहुँचमा रहेको भएपनि अझै १६ प्रतिशत नागरिक पहुँच भन्दा बाहिर रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका निमित्त डिभिजन प्रमुख कृष्ण बहादुर बोकटीले जानकारी दिए ।

भगौलिक विकटताका कारण खानेपानीका मुहान टाढा भएकाले नागरिकहरु खानेपानीको पहुँच बाहिर रहेका उनले बताए । टाढा बस्ति भएका ठाउँमा नजिक खानेपानीका मुहान नहुँदा नागरिकहरु खानेपानीको पहुँच बाहिर रहेका हुन् । टाढाको पानी पुर्याउन समस्या हुने भएकाले नागरिकहरुले अहिले पनि खानेपानीको समस्या झेलि रहेका छन् ।वस्तिहरु डाँडामा हुनु र नजिक पानीका मुहान नहुनुले सतप्रतिशत नागरिक खानेपनीको पहुँचमा पुग्न नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका निमित्त डिभिजन प्रमुख बोकटीको भनाई छ । मुहान अभावले नै नागरिकलाई समस्या भएको उनले बताए ।

यहाँका डाँडाकाँडाका बस्तिहरुमा स्रोतका अभावले पानी पुर्यान समस्या भइरहेको उनले बताए ।सुर्नयाको धरमघर लगायत जिल्लाको धेरै उच्च ठाउँमा रहेका गाउँवस्तिहरुमा मुहानकै अभावले खानेपनी पुर्याउन कठिन भएको उनले बताए । यस्तै अहिले जिल्लामा १४४ क्रमागत खानेपानीका योजना निर्माण प्रकृयामा रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.