कृष्णपुरमा नगरस्तरिय माघी विषेश कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नगरस्तरिय माघी विषेश कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथी रहेका प्रतिनिधीसभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी सावदले कञ्चनपुरका आदिवाशी जनाजती धर्तीपुत्र थारु समुदायबाट अन्य समुदायले पनि धेरै कुराहरु सिक्नु पर्ने बताए ।

उनिहरुको रहनसहन कला संस्कृती समाजमा मिलेर बस्ने भाईचाराहरु पनि अन्यले सिक्न जरुरी रहेको बताए । बडघर भलमन्सा प्रणाली परापूर्वकाल देखी थारु समुदायमा चल्दै आएकोले यसलाई संस्थागत गरेर संरक्षण गर्नुपर्ने बताए । साथै आफनो सांसद कोषबाट आर्थिक सहयोग छुट्याउने जिकिर गरे, यसैगरी सुदूरपश्चिम सभा सदस्य गिता चौधरीले थारु हरुको संस्कृतिलाई दस्तावेजीकरण गरेर संरक्षण गरिनु पर्ने बताईन् ।

थारु संस्कृति भित्र लुकेर रहेका विकृती विसंगती लाई हटाउन पर्ने आँैल्याईन् । साथै जिल्ला समन्वय समितीका अध्यक्ष दुर्गा प्रशाद बोहराले आफनो संस्कृति बिर्सदै जाने र विदेशी संस्कृतीलाई अँगाल्दै जाने प्रवृतिले नयाँ पुस्तामा समस्या आएको बताए । थारु समुदायको बडघर भलमन्सा ऐन आफनो नगरपालिकामा लागु गर्ने र आवस्यक बजेट पनि छुट्याएर तालिम पनि प्रदान गर्ने कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बताए ।

थारु समुदायको लागि सांस्कृतिक भवन निर्माण गर्ने, सिकलसेल ऐनिमिया रोगको उपचारको उचित व्यवस्था गर्ने बताए । उक्त कार्यक्रमा कृष्णपुर नगरपालिका ३ का अध्यक्ष खेम चौधरीको सभापतित्वमा सम्पन्न भएको हो ।

सम्बन्धित

Comments are closed.